भाद्र १९, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ६ मा हिजाे भएकाे १४अाैं अधिबेशनबाट पुननारायण श्रेष्ठ वडा सभापतिमा निर्विराेध चयन भएका छन् । अधिबेशनबाट २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ ।
पालुङ्टार नगरपालिकाकाे वडा नं. ६ मा सर्वसम्मतिबाट चयन भएका अन्य पदाधिकारीहरूमा बल बहादुर कंडेल र गिरेन्द्र पाैडेल उपसभापति, अाशिष प्रताप श्रेष्ठ र राम प्रसाद मल्ल सचिव, खिम बहादुर राना र मान बहादुर तामाङ सहसचिव रहेका छन् । त्यस्तै गरी अन्य सदस्यहरूमा नम नारायण श्रेष्ठ, खेल बहादुर गुरूङ,बुद्धि तामाङ, थिर बहादुर बराम, तेज बहादुर गुरूङ, दाेस बहादुर गुरूङ, सुनिल प्रसाद रेग्मी, राजन श्रेष्ठ, सबिना अधिकारी, पम्फा गउनकुरी, जगन्नाथ लामिछाने, सुक बहादुर सार्की, सुशीला देवकाेटा अधिकारी, सिता देवी न्याैपाने, लक्ष्मण कुमार मल्ल, टिका अधिकारी, अमृत झेंडी, हाेम बहादुर नेपाली, हरिकृष्ण बि.क. र सुष्मिता बि.क. रहेका छन् ।
साेही अधिबेशनबाट १५ जना क्षेत्रिय प्रतिनिधी समेत चयन भएका छन् ।
क्षेत्रिय प्रतिनिधीमा चयन भएकाहरूमा शिवराम मल्ल, कुमार श्रेष्ठ, बिष्णु प्रसाद रेग्मी, शान्ता श्रेष्ठ, पवन अधिकारी, भगवान मल्ल, बिमल बाबु श्रेष्ठ, अनिल थपलिया, उषा अधिकारी, रामकृष्ण राेका, अर्जुन राेका, चेत बहादुर गुरूङ, उर्मिला रिजाल, कृष्णमाया बि.क. र दिक्पाल अधिकारी रहेका छन् ।
वडा नं. ६ मा नवनिर्वाचित समितिकाे पहिलाे बैठकबाट हरेक महिना कुनै न कुनै सामाजिक काम गर्ने निर्णय समेत गरी अाज बाट सामाजिक काम समेत शुरू गरिसकेकाे छ ।
अाफ्नाे पार्टीका शुभचिन्तकहरू, स्थानीय बुद्धिजिबी, समाजसेवी लगायतकाकाे समेत सहभागितामा वडा नं. ६ काे पाैवाटार चाेक वरपरकाे बाटाे मरमत समेत गरेकाे छ ।
पालुङ्टार नगरपालिकाकाे वडा नं. ७ बाहेक सवै वडाहरूमा सर्वसम्मत रूपमा सभापति चयन भएका छन् ।