अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति काठमाडौँ आइपुग्ने

काठमाडौँ : सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

सोही उडानबाट काठमाडौँ आइपुगेका नौ भारतीय नागरिकलाई स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी यहाँस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ । मन्त्रालयका अनुसार आज साँझसम्म कन्सुलर सेवा विभागको बेव पोर्टलमा २५६ नेपालीले आफ्नो विवरण दर्ता गरेको स्पष्ट पारेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्एप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।

ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहनुभएको छ, तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मनत्रालयले अनुरोध गरेको छ ।

उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयले त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी जानकारी गराएका छन् । उद्धार कार्यका लागि मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा फोन नम्बर र इमेल ठेगानासहितको ‘सिच्यूशन रुम’ को स्थापना गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट अफगानिस्तानमा रहेका नेपाली नागरिक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग उद्धारका लागि नियमित सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । अफगानिस्तानको विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीमा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्यका लागि मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोकत्वमा गठित कार्यदलको दोस्रो बैठक आज बसेको मन्त्रालयले जनाएको छ ।  (रासस)

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.