गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन

गोरखा – गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । बैठकले अहिले जारी निषेधाज्ञालाई कायम राख्दै थप कडाइ गर्ने निर्णय गरेको हो । गाेरखामा पछिल्लो पटक निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसैलाई भदौ ११ गते राति १२ बजेसम्म निरन्तरता दिँदै थप कडाइ गर्ने निर्णय भएको हो ।कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार अत्यावश्यक सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खुल्नेछन् । अत्यावश्यक अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछामासु, कृषिजन्य  बिउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, निर्माण सामग्री बिक्री गर्ने पसल, वर्कशप लगायतलाई समावेश गरिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.