पालुङ्टार ७ मा काेराेना संक्रमितलाइ अायुर्वेदिक अाैषधी बितरण ःफाेटाेसहित

साउन २६, गाेरखा

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नंं ७ च्याङलीमा रहेका काेराेना संक्रमितहरूलाइ अायुर्वेदिक अाैषधी बितरण गरिएकाे छ ।

बिपदका समयमा जाेसुकैले पनि सहयाेग गर्नुपर्ने बताउँदै अाफ्नाे नगरपालिकाभित्र अाएर सहयाेग गरेकाेमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले अागामी दिनहरूमा पनि यस्ता सहयाेगीहरूलाइ स्वागत गर्ने बताउनुभयाे । साे अवसरमा बाेल्दै नगरप्रमुख कंडेलले यस्ताे खालकाे सहयाेग जुटाएकाेमा च्याङली सामुदायिक सिकाइलाइ धन्यवाद समेत दिनुभएकाे थियाे भने सहयाेग गर्ने नेचर केयर हाेम प्रा.लि. र संगमाे अायुर्वेद फर्मा प्रति बिशेष अाभार समेत व्यक्त गर्नुभएकाे थियाे ।

संक्रमितहरूलाइ बितरित अाैषधी नेचर केयर हाेम प्रा.लि.अायुर्वेद हस्पिटल पाेखराले उपलब्ध गराएकाे थियाे । काेभिड महामारीकाे समयमा सेवा गर्न पाउनु नै साैभाग्य ठान्नुपर्ने बिचार व्यक्त गर्दै नेचर केयरका अध्यक्ष के.बि. थापाले अायुर्वेद अाैषधीकाे महत्वका बारेमा चर्चा गर्नुभएकाे थियाे ।

आयुर्वेद औषधिमा तुलसी मिश्रण , गुडुची यष्ठिमधु त्रिकटु मिश्रण र गिलोय प्लस ट्यावलेट रहेको थियो । त्यससँगे सिटामाेल, मास्क तथा साबुन समेत संक्रमितलाइ प्रदान गरिएकाे थियाे ।  नेपाल सरकार , स्वास्थ मन्त्रालय , आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कोभिड – १९ को प्रोटोकल अनुसार नेचर केयर होम प्रा. लि. का आयुर्वेद चिकित्सक डा. शेर ब. थापा ज्यूको सिफारिसमा गुडुची यष्ठिमधु त्रिकटु लाइ खल मिश्रण गरि तयार पारिएको जानकारी नेचर केयर होमका संचालक कृष्ण राउत ले गराउनु हुँदै आयुर्वेद चिकित्सा पद्धति विश्वकै पहिलो एबम मौलिक चिकित्सा भएकोले अहिलेको विषम परिस्थितिमा पनि आयुर्वेद को प्रयोग न्यून हुनु दु:खद भएकोले स्थानीय , प्रदेश र संघीय सरकार को यसमा छिट्टै ध्यान जानुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

वडाभित्र काेराेना संक्रमितकाे संख्या अनपेक्षित रूपमा बढेसँगे संक्रमितहरूकाे छिटाे स्वास्थ्य लाभकाे लागि च्याङ्ली सामुदायिक सिकाइ केन्द्र ले वडाभित्र अाैषधी बितरण गरिएकाे केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलले बताउनुभयाे । अति द्रुत गतिमा समन्वय गरी कार्यक्रम सफल बनाउन सहयाेग गर्नुभएकाेमा अाेशाे ध्यान केन्द्र च्याङली तथा संगमाे अायुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा प्रति बिशेष अाभार व्यक्त गर्नुभएकाे थियाे ।

वडा नं. ७ काे कार्यालयमा गरिएकाे हस्तान्तरण कार्यक्रममा सिकाइ केन्द्रका सदस्य इन्द्र काेइरालाले स्वागत गर्नुभएकाे थियाे भने केन्द्रकी परिचालिका राममाया अालेले सञ्चालन गर्नुभएकाे थियाे ।

१०० जनालाइ पुग्ने अायुर्वेदिक अाैषधीहरू नेचर केयर हाेम प्रा.लि. ले उपलब्ध गराएकाे थियाे भने च्याङली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले ५०० थान मास्क उपलब्ध गराउनुभएकाे थियाे ।

हस्तान्तरणलगत्तै संक्रमितहरूकाे घर घरमा पुगेर संक्रमितहरूलाइ सामग्री प्रदान गरिएकाे थियाे । बाँकीलाइ भाेलि बितरण गरिने सिकाइ  केन्द्रका सदस्य गणेशलाल श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

सिकाइ केन्द्रले वडाभित्र स्थापनाकाल देखि नै शिक्षा,स्वास्थ्य,राेजगार तथा सिपमूलक र राेजगारमूलक क्षेत्रमा अावश्यक सहयाेग तथा समन्वय र बिभिन्न कार्यक्रमहरू गर्दै अाइरहेकाे छ ।

Photos:

 

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.