Trending

जन्मदिन मनाउने खर्चबाट विद्यार्थीलाइ छात्रबृत्ती दिने क्याम्पस प्रमुखकाे सराहनीय काम

आँबुखैरेनी, २४ साउन ।

अाँबु खैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी.ले अाफ्नाे  जन्मदिनकाे खर्चबाट विद्यार्थीलाइ छात्रबृत्ती प्रदान गर्नुभएकाे छ ।

तनहुँको आँबुखैरेनीमा रहेको एकमात्र क्याम्पस आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष ऋषि के.सी.ले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गर्नुभएकाे छ। क्याम्पस प्रमुख के. सी. ले आज परेको आफ्नो जन्मदिनको अवसरमा क्याम्पसमा बिबिएस प्रथम वर्षका सर्वोत्कृष्ट विद्यार्थी मेलिना भट्टलाई छात्रवृत्ति प्रदान गर्नुभएकाे हो।

अध्यक्ष के.सी.को जन्मदिन मनाउनका लागि लायन्स क्लव अफ आँबुखैरेनी सिटिले आज आँबुखैरेनीमा गरेको एक कार्यक्रममा क्याम्पस प्रमुख के.सी.ले छात्रवृत्ति स्वरुप नगद १० हजार १ सय रुपैयाँ विद्यार्थीलाई प्रदान गर्नुभएकाेहो।

 

यसैबिच केहि दिन अघि पनि एक स्थानीयले जन्मदिनको अवसर पारेर क्याम्पसका दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो। क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं लायन्स क्लव अफ अकलाका द्वितीय उपाध्यक्ष बिमला देवकोटाले हाल अमेरिका निवासी आफ्नो छोरा असिम देवकोटाको साउन २० गतेका दिन परेको जन्म दिनको अवसरमा दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख के.सी. ले जानकारी दिनुभयाे।

 

क्याम्पस प्रमुख के.सी. का अनुसार क्याम्पसमा प्रथम वर्षका छात्रा इन्दु अधिकारी र तृतीय वर्षका छात्रा केमिका श्रेष्ठलाई जनही १० हजार ५ सय १० रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको थियो। विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भनी उक्त छात्रवृत्ति रकम सहयोग गरिएको पनि उहाँले बताउनुभयाे ।

224108792_338834257878119_3375467765341812805_n.jpg

Back to top button
Close