सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ

सोमबार, साउन १८ २०७८

जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा गाउँपालिका ६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद) छन् । अनुसन्धानका क्रममा दोषी देखिएकाले विभिन्न मितिमा तीनैजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

कामेश्वरले छोरी सुजितालाई मार्न पटक-पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडियो रेकर्डबाट देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । उनले भने, ‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।’ पक्राउ परेकी अञ्जु सुजिताको हत्या गर्ने मुख्य अभियुक्त देवर रुपेश ठाकुरका दिदी हुन् ।

रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए । तर, उनले पनि घटना लुकाउन भूमिका खेलेकोले पक्राउ गरिएको डीएसपी विष्टले बताए । प्रहरीकाअनुसार पक्राउ परेका मण्डल सुजिताको शव खेतबाट उत्खनन गरी जेठ २९ मा निर्माणाधीन पेट्रोल पम्पको शौचालयको सेफ्टी ट्याङकमा गाड्ने कार्यमा संलग्न थिए ।

गाडेको झण्डै एक महिनापछि असार २७ मा प्रहरीले सडेगलेको अवस्थामा शव निकालेको थियो । सुजिता हत्या गरेको आरोपमा ससुरा पक्षले देवर रुपेश ठाकुर, ससुरा पतिराम ठाकुरसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । उनको हत्या दाइजो र घरायसी विवादका कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ । source: saurahaonline

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.