गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तनहुँको डुम्रेमा स्वागत गरिएको छ । प्रदेश प्रमुख गुरुङलाई नेपाली काँग्रेस तनहुँ क्षेत्र नं. १ प्रदेश ख ले स्वागत र सम्मान गरेको हो । नेपाली काँग्रेसका क्षेत्रिय संयोजक राजेन्द्र पियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने पनि स्पष्ट पारे। आफू नेपाली कांग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकोले एउटा मात्रै पार्टीको प्रतिनिधि नरहेको उनको भनाइ छ। जनताको प्रतिनिधि भएपछि जनताकै चाहनाअनुसारको काम गर्नुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ छ। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले गुरुङ एक सच्चा, ईमान्दार र कर्तब्यनिष्ठ ब्यक्ति भएकाले गण्डकी प्रदेशमा विकासले गति लिनेमा आफू विश्वश्त रहेको बताउनु भयो । कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, बन्दिपुर वडा नं. १ का उपसभापति सुबोध अधिकारी, सचिब बुद्ध कुमार श्रेष्ठ, महिला नेतृ सरिता पिया, रोशनी पिया , युवा समाजसेवी केशव अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई
गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको