नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो ।

थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएकाे हाे । ‘हाम्रो रकेटको सुपर सोनिक टेस्ट सफल भयो । म्याक-२ स्पिड हो यो,’ मुख्य निर्माणकर्ता मोहन तामाङले कान्तिपुरसित भने, ‘५ औं पटकको प्रयास सफल भयो ।’

सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ ।

क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए ।

प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । ‘प्यारासुट रिकभरीका लागि हो । फ्युलमात्रै परिवर्तन गरेर रकेटलाई फेरि उडाउन सकिन्छ भन्ने उद्देश्य हो,’ तामाङले भने । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।

यसमा विभिन्न सेन्सरको प्रयोग गरिएको छ । रकेटका विभिन्न ‘एस्पेक्ट’ पत्ता लगाउन सेन्सर प्रयोग गरिएको तामाङले बताए । उनका अनुसार नेपाललाई अन्तरिक्ष क्षेत्रमा पुर्‍याउने उद्देश्यले रकेट बनाइएको हो ।

रकेट निर्माणमा तामाङबाहेक इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदिप्‍त शर्मा, ईश्वर श्रेष्ठ, दानबहादुर घर्तीमगर र दीपेन्द्र बस्नेत छन् । निर्माणकर्ताहरु उज्जवल ढकाल, रमेश साउद र अमृत ढुंगाना भने इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्‍याम्प‌स, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पनि आबद्ध छन् ।

रकेटलाई थप विकासित गर्दै लैजाने योजना आफूहरुको रहेको तामाङ बताउँछन् । यसअघि नेपाली विद्यार्थीहरुले बनाएकाे गरुडा रकेट भने परीक्षण असफल भएकाे थियो । अमेरिकामा हुने प्रतिस्पर्धा लक्षित गरेर बनाइएकाे रकेटकाे विकास कोरोना भाइरसका कारण रोकिएको थियो ।

इकान्तिपुरबाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.