मल्ल प्रतिष्ठानद्वारा गोरखा र तनहुँका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य तथा अन्य अत्यावश्यक सामाग्री हस्तान्तरण ।।

आँबुखैरेनी, १३ श्रावण । “सेवा नै धर्म” भन्ने मूल उक्तिबाट प्रेरित सामाजिक संस्था रामयुग मल्ल प्रतिष्ठानले गोरखा र तनहुँ जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य तथा अति अत्यावश्यक सामाग्री हस्तान्तरण गरेका छ्न । कोभिड महामारीबाट आक्रान्त संक्रमितहरुलाई ध्यॅानमा राखि न्यूनीकरण र रोकथामका लागी कोभिड बिरुद्ध हातेमालो अभियान सन्चालन गरिएको प्रतिष्ठानका महासचिव बिपिन मल्लले जानकारी दिनुभयो। अभियानका क्रममा प्रतिष्ठानले गोरखा जिल्लाको पालुङ्टार न.पा. वडा-८ स्थित धुँवाकोट स्वास्थ्य चौकी, शहिद लखन गाउँपालिका वडा नं. २ र ३ स्थित क्रमश: मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य तथा अन्य अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो। कोभिड बिरुद्ध हातेमालो अभियान अन्तर्गत श्रावण ९ गते गोरखाको पालुङ्टार न.पा. वडा नं. ८, धॅुंवाकोटस्थित स्वास्थ्य चौकीलाई गोदरेज रेफ्रिजेरेटर (१०० लि.)-१ थान, ईलेक्ट्रिक सक्सन युनिट-१ थान, अटोक्लेप युनिट -१ थान, नेबुलाईजर मेसिन -१ थान, ओ.टि.लाइट-१ थान, हेल्थ डस्टविन ( ठूलो )- ३ थान, ह्यॅाण्ड स्यानिटाईजर -१० लि., सर्जिकल मास्क-१०००थान, ह्यान्ड ग्लोब्स-१०० थान, अफिसियलभित्ते घडी- १ थान हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानका संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्ल, महासचिव बिपिन मल्ल, सल्लाहकार भगवान दास मल्ल लगाएतको सहभागीतामा वडाध्यक्ष एवं धुवाँकोट स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष शंकर राज कंडेललाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ।वडाध्यक्ष एवं धुवाँकोट स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष कंडेलले प्रतिष्ठानबाट उपहार स्वरुप प्राप्त सामाग्रीहरुले यस भेगका जनताहरुलाई स्वास्थ्य सेवा प्रदानमा निकै सघाउ पुर्याउने विस्वास व्याक्त गर्नुभएको छ । यता, श्रावण १० गते तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई प्रतिष्ठानको तर्फबाट संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्लहस्ते टी.भी. १ थान, सल्लाहकार भगवानदास मल्ल हस्ते भित्ते घडी १ थान हस्तान्तरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका अध्यक्ष एवं स्वास्थ्य सेण्टर ब्यवस्थापन समितिका संयोजक गिर बहादुर थापालाई सो सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी, प्रतिष्ठान का.स. सदस्य, तनहुँ उ.बा. संघ आँबुखैरेनी र सत्रसय बजार एकाई समेतको सकृय सहभागितामा सुनिल मल्ल, शीवओम मल्ल, सुरज मल्ल लगायतद्वारा २०/२४ थान कोभिड एवं स्वास्थ सम्वन्धि जनचेतनामूलक फ्लेक्स पोस्टरहरु गाउँपालिका र स्वास्थ्य चौकि परिसरको भित्ता, पर्खाल र प्रतिक्षालय कक्षहरुमा टॅास्ने एवं सेवाग्राहीहरुलाई सर्जिकल मास्कहरु समेत वितरण गरिएको छ । अध्यक्ष थापाले प्रतिष्ठानको सेवाबाट स्थानिय समुदाय सदैव लाभान्वित रहदै जाने र भावि दिनमा सामाजिक सेवामा प्रतिष्ठानसंग हातेमालो गर्दै जाने चाहना रहेको बताउनुभएको छ । यस्तै, गत श्रावण ११ गते गोरखा जिल्लाको शहिद लखन गॅाऊ पालिका अन्तर्गत वडा नं. २ र ३ स्थित क्रमश: मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङलाई आवश्यकता अनुसार विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । प्रतिष्ठानले ती दुई स्वास्थ्य संस्थालाई गोदरेज रेफ्रिजेरेट १ थान, अटोक्लेभ युनिट १ थान, ईलेक्ट्रिक सक्सन १ थान, नेवुलॅाईजर मेसिन १ थान, ओ.टी. लॅाईट १ थान, ह्यॅाण्ड स्यॅानिटाईजर -२० लि.,फेस माक्स १००० थान, डिस्पोजेवल ह्यॅाण्ड ग्लोब्स- २०० थान, हेल्थ डस्ट बिन ( रंगिन )-६ थान, अफिस भित्ते घडी (ठूलो) -२ थान, कोभिड सम्वन्धि सूचनामूलक फ्लेक्स पोस्टर- ३० थान लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्रतिष्ठानले वडा नं. २ र ३ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका संयोजकद्वाेय क्रमशः अचल थापा र गणेश थापालाई यस बिषम परिस्थितिमा पनि कोभिड बिरामीहरुको न्युनिकरण एवं स्थानिय स्वास्थ्य चौकिहरुलाई आमजनताको स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग पुग्ने खालका अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ । सो अवसरमा संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्लले प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खौली थलोमा संस्थाको सेवानै धर्म हो भन्ने उदेश्यानुसार स्वास्थ्य सेवामा सानो सहयोग गर्न पाएकोमा खुसी व्याक्त गर्नुभएको छ । स्वास्थ्य तथा अति अत्यावश्यक सामाग्री हस्तान्तरण समारोहमा २ नं. वडा सदस्य सगुन थापा मगर, ३ नं वडा सद्स्य कमला परियार ,नेकपा प्रतिनिधि मनोज जोशी, जनता समाजवादिका प्रतिनिधि दिनेश जोशी, गो.उ.वा.सं. मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठ, लायन्स क्लव अफ मनकामनाका अध्यक्ष होम प्र. जोशी लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.