उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गर्दै सिडिअाे लाइ ज्ञापनपत्र बुझाए

चितवन, असार ७-

उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ ।

उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई आज ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।

ज्ञापनपत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउँदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरी आलोपालो उद्यम, व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गरे । उनले कोरोना संक्रमणको अवस्थालगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रही सरकारलाई सहयोग गर्दै आएको र आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहेको बताए ।

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय ठप्प हुँदा व्यवसायीलाई मार पर्नुका साथे दिर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने बताए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठबाट ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संघले तयार गरेको विषयगत तालिकालाई अध्ययन गरी जानकारी दिने बताए ।

कार्यक्रममा उनले आगामी दिनमा हुने निर्णय परिस्थितिको अध्ययन गरी उद्यमी व्यवसायीको समन्वयमा हुने बताए । कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनद्वारा लागू गरिएको पछिल्लो निषेधाज्ञा असार १० गतेसम्म रहेको कारण असार ११ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवसाय सञ्चालन तालिकासहित माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

व्यवसाय सञ्चालनका लागि गरिएको मागपत्र बमोजिम अत्यावस्यक वस्तु तथा सेवा बाहेक संघमा आवद्ध भएका ३६ वटा वस्तुगत संघ मातहतका व्यवसायहरु, उद्योग कलकारखानालाई दैनिक ६ घण्टाका दरले हप्ताको पाँच दिन आलोपालो पद्धति बमोजिम सञ्चालन गर्नका लागि अनुरोध गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । यसैगरी यातायातका सन्दर्भमा जोर बिजोर प्रणाली बमोजिम तथा होटल तथा लजका सम्बन्धमा भौतिक दूरी कायम गर्ने गरी सञ्चालनका लागि माग गरिएको संघको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,उपाध्यक्ष त्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जीवी सुवेदी, भोजराज कौडाल र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।narayani online

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.