प्रक्रिया मिचेर स्वास्थ्यकर्मीले आफन्त र घरबेटीलाई कोरोना खोप लगाइदिए पछि…..

गाेरखा जेठ २७
गोरखा पालुङटार नगरपालिकामा प्रक्रिया मिचेर स्वास्थ्यकर्मीले आफन्त र घरबेटीलाई लगाईदिए कोरोना खोप 
images

गोरखा, २७ जेठ । गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका परिबार र डेरा गरेर बसेको घरबेटीले प्रक्रिया मिचेर बिहिबार खोप लगाएका हुन् ।

स्वास्थ्यचौकीका हेल्थ असिस्टेण्ट प्रवीण श्रेष्ठले आफ्नी श्रीमती २३ बर्षकी अनुपा श्रेष्ठलाई कोभिड विरुद्धको खोप लगाइदिएका छन् । त्यस्तै कार्यालय सहयोगी गान्धिश्वर श्रेष्ठले आफ्नी छोरीहरु र १९ बर्षकी आर्जु श्रेष्ठ, २१ बर्षकी आकृति श्रेष्ठ र श्रीमती प्रमिलालाई पनि कोभिडविरुद्धको खोप लगाइदिएका छन् ।

त्यस्तै सोही स्वास्थ्यचौकीमा कार्यरत अनमि लक्ष्मीदेवी खनाल डेरा गरेर बस्ने घरबेटी ५९ बर्षकी राधादेवी न्यौपानेलाई पनि खोप लगाइदिएका छन् । स्थानीय टोल विकास संस्थाका अध्यक्ष ४४ बर्षका जितबहादुर देवकोटालाई पनि बिहिबार खोप लगाएका छन् ।

अहिले सञ्चालित कोभिड १९ को तेस्रो चरणको खोप ६० बर्षदेखि ६५ बर्षभित्रका ज्येष्ठ नागरिकलाई लगाउने सरकारले मापदण्ड बनाएको थियो । तर स्थानीय स्वास्थ्यकर्मीको टोलीले आफुखुशी मापदण्ड मिचेर खोप लगाएका हुन् ।

अपरान्ह चार बजेतिर स्वास्थ्यकर्मीको टोलीले मापदण्ड मिचेर खोप लगाउन थालेपछि स्थानीयबासीले बिरोध गरेका थिए । ‘स्वास्थ्यचौकीका कर्मचारीले धमाधम आफ्ना खलक र घरबेटी, घरबेटीका छिमेकी भन्दै खोप लगाउन थालेपछि हामीले बिरोध ग¥यौँ’, बिरोधमा उत्रिएका एक स्थानीयले भने, ‘छ, सात जनालाई लगाइसकेका थिए । अरु दुईजनाको पनि टिकट बनाइसकेका थिए तर खोप लगाउन पाएनन् ।’ आफूहरुले फोटो खिच्ने र विवाद गर्न थालेपछि स्वास्थ्यटोलीले सो ठाउँ छाडेका उनले बताए ।

टोलीको नेतृत्व गरेका पालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले केही खोप बाँकी रहेकाले स्वास्थ्यकर्मीको आग्रहमा लगाइएको तर्क गरे । ‘म त त्यतिबेला त्यहाँ थिइन । केही खोप बाँकी रह्यो भनेर साथीहरुले धमाधम प्रक्रियाभित्र नपर्नेहरुलाई पनि लगाउन थाल्नु भएको रहेछ’, उनले भने, ‘स्थानीयबासीले बिरोध गरेपछि मैले पनि थाहा पाएँ अनि कार्यक्रम बन्द गरेर हिडेका हौँ ।’

सो खोपकेन्द्रमा बिहिबार एकसय ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यहाँ पठाइएकोमध्य एकसय २४ वटा खोप बाँकी रहेपछि मापदण्ड मिचेर आफन्तहरुलाई घुसाइएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.