विदेश छाडेर गाउँमै भैंसीपालन, निषेधाज्ञामा समेत दुध विक्री गर्न समस्या भएन

डिपि अधिकारी / जेठ १३, भानु तनहुँ ।
विगत लामो समय बैदेशिक रोजगारीमा रहनु भएका तनहुँको भानु नगरपालिका वडा नं. १ भन्सारका कृष्ण प्रसाद सापकोटालाई बैदेशिक रोजगारमा रहेर राम्रै आम्दानी गर्दा पनि आफ्नो घर–परिवार र गाउँघरको यादले सताई रह्यो । साना–साना बालबच्चा, बुढ्यौली रमेरमा ढल्किएका बाबा–आमा र श्रीमतीलाई सम्झिंदा आफ्नै गाउँघर फर्कन मन लाग्यो । करिब साँढे २ वर्ष अघि विदेश जाने बाटो मेटेर आउनु भएका सापकोटा घर आउन साथ हातमा सीप भएको काम गाडी लिएर ब्यापारमा हिंड्ने सोंच बनाए पनि मन अन्यत्रै मोडियो, कुखुरा पालन तर्फ । ३÷४ महिना लगाएर करिब ७÷८ लाखको लागतमा खोर निर्माण पनि गर्नु भयो । खोर तयार भएपछि पहिलो पटक करिब ११ सय ब्रोईलर कुखुराको चल्ला राख्नुभयो । दाना, पानी, औषधीको तालमेल नमिलेकाले आम्दानी खासै राम्रो हुन सकेन । गरेको दुःख अनुसार आम्दानी भएन । फेरि अर्को पटक ब्रोईलर कुखुराको चल्ला राख्ने निधो गरे पनि भने जत्ति चल्ला पाउन सक्नु भएन , ७÷८ सय ब्रोईलर कुखुराको चल्ला राख्नुभयो । चल्ला राखेको करिब २० दिन नहुँदै गत वर्षको कोरोना संक्रमण शुरु भयो, लकडाउन भयो । दाना र औषधी पाईन छाड्यो । सवै कुखुरा खाल्डो खनेर पुर्न बाध्य हुनु भयो , करिब १ लाख ५० हजार खाल्डो मै गयो । भाद्र महिनामा लकडाउन हट्यो, परिस्थिति सामान्य तर्फ मोडियो । परिस्थिति सँगै मन पनि मोडियो नयाँ सोंच आयो, भैंसी पालन गरी दुध बिक्री गर्ने । त्यहि खोरलाई गोठमा परिवर्तन गरियो, भैंसीको थलो राम्रै बन्यो । फेरि अर्को चिन्ताले सतायो दुध बिक्रीका लागि बजार ब्यवस्थापन कसरी गर्ने भनेर । ३÷४ दिन त्यसकै लागि डुम्रेबजार र भन्सार चाहार्न प¥यो । भैंसीको दुधको बजार राम्रै छ भन्ने लागेर भैंसी खरिदका लागि सापकोटा तराई पुग्नु भयो । राम्रो मुर्रा जातको भैंसी भारतबाट मगाउँदा भैंसीको मूल्य केहि महँगो परेको समेत उहाँ बताउनु हुन्छ ।
अहिले गोठमा ८ वटा मुर्रा भैंसी, ६ वटा पाडापाडी र एउटा राँगो छ । भैंसी खरिदमा करिब ११ लाख, गोठ निर्माण, ईनार खन्नमा गरी करिब १८ लाख लागत रहेको उहाँले बताउनु भयो । हाल दैनिक ६०÷६५ लिटर दुध बिक्री गर्ने गरेको भन्दै शुद्ध दुध बिक्रीका लागि बजारको अभाव नहुने र दुध बिक्रीका लागि चिन्ता लिनु नपर्ने उहाँको भनाई छ । अहिलेको निषेधाज्ञामा कृषक सापकोटा बिहान–बेलुकी डुम्रे र भन्सार बजार पुग्ने गर्नु हुन्छ । प्रतिलिटर १ सय १० रुपैंयामा दुध बिक्री गर्ने गर्नुहुन्छ । “ पानी मिसावट नगरेको दुध बिक्रीका लागि कुनै समस्या नहुने भन्दै उपभोक्ताले बरु केहि रकम बढी तिर्न चाहन्छन् तर दुध शुद्ध हुनु पर्छ ” सापकोटा भन्नुहुन्छ । भैंसी पालनबाट दुध बिकी मात्र नभइ गोबर मल बिक्री गरेर आम्दानी लिन सकिने र आफ्नै खेतबारीमा प्रारङगिक मल हाली राम्रो उब्जानी दिन सकिने उहाँले बताउनु भयो ।
सापकोटाले दुध बिक्रीबाट मासिक रु. १ लाख ७० हजार भन्दा बढी आम्दानी लिँदै आउनु भएको छ । पराल, दाना, चोकरमा करिब रु.६०÷७० हजार खर्च हुने गरेको उहाँ बताउनु हुन्छ । घाँस उत्पादन बढी गराउन सकेको खण्डमा पराल र दाना चोकरको खर्च घटाउन सकिने र बचत धेरै गर्न सकिने सापकोटा बताउनु हुन्छ । संगिता कुषि तथा पशु फर्म दर्ता गरी भैंसी पालन ब्यवशाय संचालन गर्नु भएको सापकोटालाई उहाँकी श्रीमति सँगिता र बुबा–आमाले समेत सहयोग गर्ने गर्नु हुन्छ । भैसी दुहुना देखि घाँस काट्ने, पराल, दाना, चोकर, कुँडो–पानी दिने र गोबर फाल्ने काममा सहयोग गर्दै आईरहनु भएको छ । परिवारको साथ र सहयोग रहने हो भने जुनसुकै ब्यावशाय गर्दा पनि राम्रै आम्दानी लिन सकिने सापकोटा बताउनु हुन्छ । ब्यवशायलाई थोरै ब्याजदरमा कृषि बिकास बैंक डुम्रे शाखाले ऋण लगानी गरेको भए पनि नगरपालिकामा अनुदानका लागि निवेदन दिंदा हाल सम्म अनुदान पाउने शाश्वासन पाएपनि अनुदान नपाएको उहाँको गुनासो छ ।
कतिपय नक्कली कृषकले अनुदान कै लागि फर्म दर्ता गर्ने र राजनैतिक आस्था र नातागोताका कारण अनुदान लिने गरेको गुनासो आउने गरेको, दुःख गर्ने असली कृषकले भन्दा पनि नक्कली र टाठाबाठाले अनुदान लिने गरेको पाईएकाले यस तर्फ सम्बन्धित निकाय सचेत बन्नु पर्ने बुद्धिजिबीहरु बताउँछन् ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.