जनमैत्री अस्पताल परिसरबाट रवि लामिछानेको प्रधानमन्त्री लाई चुनाैती

सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको
तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै समातेर नम्र निवेदन गर्द्छु। तपाईं अस्पताल पर्दा तपाईंले बेड,अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला? अहिले जनताको हालत त्यो भन्दा कम खराब छैन। नपत्याए, सपथ पछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला। यति बेला तपाईं जनताको आशुको आहालसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दोष दिएको होइन, यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ। एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो? पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं। अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता,मन्त्रीहरूको प्राथमिकता कोभिड भन्दा अर्को केही हो भने तपाईलाई र त्यो जो कोहि लाई पनि धेरै जनाबाट, कम्तीमा पनि म बाट चाहिँ खतरा छ। (ज्यानको होईन है, अपब्याख्याको कष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)। यो धम्की.. दिन खोजेको होइन, दिएकै हो। तपाईका वैतनिक अवैतनिक सेना हरु सँग लडेको त कति भो कति, ७ जुनी डराउन्न। डराउने र हिसाब दिने भगवानलाई हो,कुनै पार्टिका लठैतलाई होइन । यस अघि तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन।तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला। मलाई लाग्छ,यो महामारीमा अहिलेसम्म यो देश र यस देशका जनता लाई भगवानको बाहेक कसैको भरोसा छैन। तपाईको कार्यकाल असल रहोस्। ???

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.