नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न

देवघाट, २४ बैशाख । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा एकीकृत कृषि नमुना केन्द्र प्रा.लि.को आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न भएको छ।

images
सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रमा भइ रहेको बताउदै प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। साथै आफ्नो क्षेत्रमा फर्म सुरुवात गरिएकाले सो फर्मका लागि आफुले सक्दो सहयोग र संरक्षण गर्ने अध्यक्ष थापाले बताउनुभयो।

183182657_1146912802439360_1543713467388625151_n.jpg

कार्यक्रमका विशेष अतिथि वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको अध्यक्ष र भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिनुका साथै कम्पोष्ट मल,गडयौला मल, हरियो मल उत्पादन गरिने उहाँले बताउनुभएको थियो।साथै सो क्षेत्रमा सबै प्रकारका रैथाने वालीहरुको उत्पादन, खाद्यन्न तरकारी जडिबुटी र फलफूल तयार हुदै समेत गिरीले बताउनुभएको थियो।

182879993_490380525538098_6307551806507529699_n.jpg

कार्यक्रमका देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङले कोटमा रहेको ६० रोपनी जग्गामा सो फार्म रहेको बताउदै आगामी दिनहरुमा अर्गानिक उत्पादन क्षेत्रलाइ वृद्धि गरि बजार व्यबस्थापन गरेर कृषक दाजुभाइ तथा दिदिबहिनीहरुको आर्थिक वृद्धि दरलाई दोब्बर बनाउन सक्ने उहाँले बताउनुभयो।

प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराहरुको पहिचान र प्रयोग गर्नका लागि देवघाट क्षेत्रमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना फर्म बनाउन लागीएको हो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.