क्षयरोगको निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च

हाल नेपालमा सरकारले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क गरेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ ।

क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ ।

केन्द्रका अनुसार गत आव २०७४/७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो । तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए ।

क्षयरोगका लक्षणहरु

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिनादेखि एक वर्षसम्ममा यो रोगका लक्षण देखा पर्न थाल्छन् ।

लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सक्रिय क्षयरोगका लक्षणहरू हुन् । अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् ।

१. लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
२ . शरीरको वजन घट्ने तथा दुब्लाउँदै जाने
३ . फोक्सोमा पीडा महसुस हुने, छाती दुख्ने, ज्वरो आउने आदि ।

कस्ताे मान्छेलाई लाग्छ क्षयरोग ?

१. केटाकेटी, किशोर-किशोरी र वयस्क जोसुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
२. रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
३. धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा
४. अल्कोहललगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेकाहरु र बढी धुलोधुवाँमा काम गर्ने/बस्नेहरु ।
५. एड्स संक्रमित रोगी, जसको रोगप्रतिरोधात्मक क्षमता हुँदैन ।

रोगबाट बच्न के गर्ने ?

१. धुम्रपान तथा मध्यपान नगर्ने
२. बालबालिकाहरुलाई उचित समयमै बिसिजिको खोप लगाउने
३. रोगका लक्षण देखिएमा जँचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४. हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने ।

उपचार र नियन्त्रण

१. यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ, जुन खाेप प्रभावकारी मानिन्छ ।
२. यो रोग लागिसकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy)। नेपालमा ‘डट्स’ विधिबाट चिकित्सककाे प्रत्यक्ष निगरानीमै क्षयराेगकाे उपचार हुँदै अाएकाे छ, जसले याे राेग संक्रमित व्यक्तिलाई छिटाे निकाे पार्नुका साथै अरुलाई हुने संक्रमणबाट समेत जाेगाउँछ ।news24nepal

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.