तनहुँको बन्दिपुरमा सडकबत्ती हस्तान्तरण

डिपि अधिकारी
तनहुँको पर्यटकीय पहिचान बोकेको पहाडकी रानी उपनामले समेत प्रशिद्धि कमाएको पर्यटकीय नगरी बन्दिपुरमा सडकबत्ती हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब अफ चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गरिएको १३ वटा सडकबत्ती एक कार्यक्रमको आयोजना गरी रोटरी ईन्टरनेश्नलका प्रेसिडेन्ट इलेक्ट शेखर मेहताले बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई सडक बत्तीको जिम्मेवारी हस्तान्तरण गर्नु भएका हो ।
कार्यक्रममा बोल्दै प्रेसिडेन्ट मेहताले बन्दिपुरको परम्परागत घर, ढुँगाले छापेको बजार क्षेत्र, स्थानीय कला र सँस्कृतिले आफूलाई मोहित पारेको भन्दै अर्को वर्ष २÷४ दिन बस्ने गरी परिवारको साथमा बन्दिपुर घुम्न आउने बताउनुभयो । साथै उहाँले बन्दिपुर क्षेत्रलाई आवश्यकताको आधारमा रोटरीको तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
रोटरी क्लब अफ चितवनका प्रेसिडेन्ट रोशन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक गर्भनर ३२९२ का राजिब पोख्रेलले नेपालको परम्परा, कला संस्कृति संरक्षणमा बन्दिपुरबासीको महत्वपूर्ण भूमिका रहेको भन्दै बन्दिपुरमा आफूले ब्यक्तिगत र संस्थागत रुपमा सहयोग र सहकार्य गर्ने बताउनुभयो । बन्दिपुर गापाका अध्यक्ष पूर्णसिं थापाले परम्परागत सडक बत्तीले बन्दिपुर बजारको सौन्दर्यतामा थप टेवा पुगेको भन्दै रोटरी सँग सहकार्य र साझेदारी गरी कार्य गर्न आफू सदैब तत्पर रहेको बताउनु भयो । बन्दिपुर ऐतिहासिक स्थल समेत भएकाले समग्र बिकासका लागि २० वर्षिय गुरुयोजन निर्माण गरिएको र गुरुयोजना पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत्र ११ गते विमोचन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । साथै उहाँले बन्दिपुरमा केवलकारको निर्माण भैरहेको, मुकुन्देश्वरी पर्खाल निर्माणको क्रममा रहेको, टुँडिखेलमा सिसाको भ्यूटावर निमार्ण योजना रहेको भन्दै बन्दिपुरलाई आगामी २० वर्ष भित्र दक्षिण यशियाकै जवरजस्त उत्कृष्ठ गन्तब्य बनाई बन्दिपुरबासीको आय आर्जन उकासिने र समृद्ध बन्दिपुर, सुखी बन्दिपुरे बन्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा पास्ट रोटरी डिस्ट्रक ३२९२ का रविन्द्र पियाले पनि बन्दिपुरको सुन्दरताको बखान गर्नु भएको थियो ।
रोटरी क्लब अफ चितवनले करिब ९ लाखको लागतमा बन्दिपुरमा १३ वटा सडकबत्ती निर्माण गरेको छ भने सि एम सि हस्पिटल चितवनमा कोभिडको विरामीलाई लक्षित गरी ३० वटा भन्टिलेटर प्रदान गरिएको छ र हाल संचालनमा आईसकेको प्रेसिडेन्ट रोशन पियाले जानकारी दिनुभयो । त्यस्तै देवघाटमा करुणालय आश्रममा ३६ जना असहाय वृद्धवृद्धालाई पालन पोषणको ब्यबस्था र हेरचाह गरिएको छ । १०० जनालाई दैनिक खानाको ब्यवस्था गरिएको छ । भरतपुरमा चण्डेश्वर भट्टराईले प्रदान गर्नु भएको १ कठ्ठा ५ धुर निशुल्क प्रदान गर्नु भएकोमा रोटरी डण्डपानी भट्टराई मल्टि प्रपोज विल्डिङ निर्माण गरिएको छ । बन्दिपुरका बरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठ र उहाँका छोरा अभिषेक श्रेष्ठले रोटरी हस्पिटल चितवनका लागि १ करोड प्रदान गर्नु भएको पियाले जानकारी दिनुभयो । रोटरिएन मदन पियाले चमेलीदेवी पिया र उदय बहादुर पियाको स्मृतिमा विल्डिङ निर्माण गर्नु भएको छ । त्यस्तै डाक्टर मदन कुमार पियाको विशेष पहलमा तनहुँको बन्दिपुर अस्पतालमा डेलिभरी केशका लागि म्याटरनिटि होम र डेन्टल सेवा संचालन गरिएको छ । धरमपानी स्वास्थ्य केन्द्रमा एक्स्रे मेसिन, ईसिजी मेसिन र नेबुलाईजर प्रदान गरिएको छ । त्यस्तै बन्दिपुरमा होटल बन्दिपुर छें संचालन गरी त्यसबाट आएको मुनाफाले बन्दिपुर गापा भित्रका ५ ओटा विद्यालयमा सहयोग गरिएको समाजसेवी तथा बन्दिपुर क्याम्पसका क्याम्पस प्रमुख विक्रम पियाले जानकारी दिनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.