पालुङटार बिमानस्थल सञ्चालनमा ल्याउन काम शुरू

पालुङटार,गाेरखा ।  आठ रुपैयाँ तिरेर पालुङटार विमानस्थलबाट पाेखरा पुगेकाे गाेरखाका चुडामणी कट्टेललाइ भर्खरै जस्ताे लाग्छ । खुला चाैरमा जहाज ल्याण्डिङ र टेकअफ भइरहन्थ्याे । हप्तामा एक पटक आउने जहाज हेर्न र चढ्न मानिसहरुकाे लामै लाइन हुने गरेकाे उनी सम्झन्छन् । गाेरखाबाट पहिलाे पटक एस एल सी परीक्षामा प्रथम श्रेणीमा उतीर्ण भएका कट्टेललाइ सम्मान गर्न अञ्चलाधिसले पाेखरा बाेलाएका कारण उनी जहाजबाट त्यस तर्फ गएकाे सम्झन्छन् । नाैविसे पाेखरा सडक खण्ड सञ्चालनमा आएपछि यहाँबाट जहाज अवतरण र उडान राेकिएकाे थियाे । झण्डै ४० वर्ष पछि विमानस्थल सञ्चालनमा आउन लागेकाे स्थानीय नागरिकहरु बताउँछन् ।
कट्टेलले झैँ आठ रुपैयाँ तिरेर पालुङटार विमानस्थलबाट जहाज चढ्ने अवसर त कसैलाइ नरहला तर २०७८ सालकाे असार महिनाबाट यस विमानस्थलमा जहाज अवतरण र उडान  हुने भएकाे छ ।
विमानस्थलकाे काम द्रुत गतिमा अघि बढेकाे र असार पहिलाे हप्ता भित्र काम सकिएर जहाज अवतरण र उडानका लागि याेग्य हुने नागरिक उड्डययन प्राधिकरणले जनाएकाे छ ।
पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित पालुङटार एयरपाेर्टबाट  छाेटाे दुरिकाे प्लेन सञ्चालन हुने भएकाे छ । एयरपाेर्ट सच्चालनकाे निम्ति  नागरिक उड्डयन प्राधिकरण { civil avition authority of nepal ( CAAN )} , aerodrome engineering department (AED) र काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि. बिच २०७७ /०३/३१ गते भएकाे सम्झाैैैैता अनुसार ३,१७,५०,४४१।- रुपयाँँ लागतमा कार्य सम्पन्न गर्नका निम्ति सम्झाैता भएकाे थियाे ।
काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि. का साडज इन्चार्ज शीव प्रसाद रिजालका अनुसार ३० मिटर चाैडाइ र एक किलाेमिटर लम्वाइमा ग्रावेल गरी रनवे निर्माण गरिनेछ । तीन हजार वर्गमिटर क्षेत्रफलमा घेरावार गरिनेछ । जिल्ला नापी कार्यालय गाेरखाबाट खटिएकाे टाेलीले विमानस्थलकाे जग्गा एकीन गरिररहेकाे छ । सडक रहेकाे भागलाइ के गर्ने भन्ने विषयमा छलफल भइरहेकाे छ । असार पहिलाे साता सम्म काम सक्ने लक्ष्यका साथ कामदारहरु खटाइएकाे उनकाे भनाइ छ । बाग्लुङ स्थित वलेवा विमानस्थलकाे काम सकेर निर्माण टाेली गाेरखा आएकाे उनले बताए ।
पुराना तस्वीर
अन्तराष्ट्रिय स्तरका विमानस्थलकाे चाैडाइ ४५ मिटर हुन्छ । नेपालका धेरै विमानस्थलहरुकाे चाैडाइ ३० मिटर रहेकाे र लम्बाइ अझै कम रहेकाे उनकाे भनाइ छ ।
पालुङ्टार विमानस्थलमा ठुला जहाजहरु पनि अवतरण र उडान गर्न सकिने गरी बनाउन लागिएकाे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाेखरेलले बताए । पाेखरामा अन्तराष्ट्रिय विमानस्थलकाे काम अन्तिम चरणमा पुगेकाे छ, पाेखरा पछिकाे नजिककाे विमानस्थल पालुङ्टार हाे, याे विमानस्थल सञ्चालनमा आएसँगै व्यस्त रहने अनुमान प्राधिकरणकाे रहेकाे उनले बताए । पालुङ्टारबाट उडान भर्न विभिन्न एयरलाइन्सहरुले माग गरिररहेकाे प्राधिकरण स्राेतले जनाएकाे छ ।
यस अघि विमानस्थल सञ्चालनका लागि प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले पहलकदमी गर्दै आएका थिए ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.