नारी दिवसको अवसरमा पालुङटारमा “म नारी” नामक चेतनामुलक कार्यक्रम सम्पन्न

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालुङटारमा “म नारी” नामक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा बौद्ध हिमाल युवा क्लबले सह-आयोजना गरेकाे नगरस्तरीय कार्यक्रममा आमा समूह, युवा क्लब, विद्धलय लगायतका सामाजिक संस्थाहरुको सहभागिता थियो ।
नगर उपप्रमुख पम्फा बसेल प्रमुख अतिथिको रुपमा रहनु भएकाे कार्यक्रमको सभापतीत्व पालुङटार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेतीले गर्नुभएको थियो ।
कार्यक्रममा उपसथित सहभागि विभिन्न तीन स्थानबाट र्यालीमा आई कार्यक्रम स्थलमा पुगेको थिए । यत्रतत्र छारीएका सहभागीहरुलाई अचानक प्रस्तुत गरिएको फ्ल्यासमोबले केन्दिकृत गरेको थियो भने फ्ल्यासमोवमा नाच्दै गरेकी युवतीलाई तेजाब प्रहार गरेपछि नाटकमा परिणत भएको थियाे ।
भवानी माविका विद्यार्थीहरुले प्रस्तुत गरेकाे उक्त नाटकमा समाजमा विद्यमान आपराधिक क्रियाकलाप, महिला हिंसा, लैंगिक असमानता जस्ता विषय मार्फत चेतना दिइएको थियो ।
उक्त प्रस्तुती पछि औपचारिक रुपमा परिणत भएको
कार्यक्रममा विद्यालयहरू र आमा समूहहरूले संदेशमुलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेल्दै नगर उप प्रमुख बसेलले सडक नाटक, गीत, कविता, नृत्य जस्ता प्रस्तुतीले सुसज्जित कार्यक्रमले आउने दिनमा महिला हिंसा न्यूनकरणमा अतुलनीय भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा अन्य वक्ताहरूले पहिलो पटक गरिएको यस प्रकारको कार्यक्रमले नारी प्रति समाजको दृष्टकोण बदलिने विश्वास गरिएका थिए ।
अघिल्ला बर्षमा भन्दा यसपालि फरक र प्रभावकारी ढंगले सही सन्देश दिने उद्देश्यले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम प्रस्तोता समेत रहेका बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले बताए ।sunaulopatrika

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.