आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छिम्केश्वरी माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । छिम्केश्वरी माध्यमिक विद्यालय आँबुखैरेनी–४ भाँगेको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी संस्थाको १५ औं बार्षिक उत्सवको अवसर पारेर सो विद्यालयका २ सय जना विद्यार्थीहरुलाई शैंक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ । शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम, पेन्सिल, ईरेजर, चार्ट (वर्णमाला) र खेलकुद सामाग्री अन्तर्गत ३ वटा भलिबल, १ वटा नेट, १० वटा डस्बीन वितरण गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुलनारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई
गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको