भारतमा उद्धार गरिएका ४ किशोरीहरु नेपाल आइपुगे

चितवन, फागुन २२

भारतका विभिन्न स्थानबाट बिभिन्न समयमा उद्धार गरिएका ४ किशोरीहरुलाई नेपाल ल्याइएको छ । मानव बेचबिखन बिरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालले भारतको जयपुर, उत्तर प्रदेशको नोएडा र कानपुरबाट उद्धार गरिएका १५ देखि १९ वर्ष उमेर समूहका ४ किशोरीहरुलाई नेपाल ल्याएको हो । उद्धारमा संलग्न आफन्त नेपाल भारत शाखा प्रमुख तथा किन इण्डिया प्रमुख नवीन जोशीका अनुसार ती‌ किशोरीहरु विगत केही महिनादेखि विभिन्न समयमा उद्धार गरेर जयपुर, नोएडा र कानपुरका सुरक्षा गृहमा राखिएका थिए। आफन्त नेपालका कार्यक्रम निर्देशक करुणा त्रिखत्रीका अनुसार उद्धार गरिएका ४ जना मध्ये १ जना पोखरा र एक जना नेपालगंजकी किशोरीलाई झण्डै ११ महिना पहिला लकडाउनका बेला जयपुर पुऱ्याइएको थियो । १७ वर्ष उमेरका दुवैजना मध्ये पोखराकी किशोरीलाई एक जना चिनजानकी महिलाले मिठाईमा नशालु पदार्थ खुवाएर जयपुर पुऱ्याएकी थिइन् । केही समयपछि अलपत्र अवस्थामा रहेको देखिएको र जयपुरमा उनको उद्धार गरी सुरक्षित आवासमा राखिएका थियो । त्यसैगरी अर्की नेपालगंजकी किशोरीलाई भने एक युवकले ललाईफकाई भारत पुऱ्याएका थिए । उनलाई दिल्ली-जयपुर राजमार्गमा केही ट्रक ड्राइभरहरुले घेरेको बेला जयपुरमा उद्धार गरी सुरक्षित आवासमा पुऱ्याइएका थियो । त्यसैगरी अन्य २ जना किशोरीलाई भने कयौं वर्ष पहिला हराएको अवस्थामा फेला परेका थिए । आफ्नो घरको एकीन ठेगाना र आफन्तहरुको बारेमा पनि राम्रोसँग बताउन नसकेका २ किशोरीहरुको घर पत्ता लगाएपछि उनीहरुलाई नेपाल ल्याइएको जोशी बताउँछन् । त्यसमध्ये एक जना भने कैलालीको सुख्खडकी चौधरी परिवारकी १५ वर्षीय बालिका ११ वर्षको उमेरमा कानपुरमा फेला परेकी थिइन् । घर थाहा नभएपछि ४ वर्षसम्म बालिका आश्रममा रहँदै आएकी उनको बारेमा नेशनल लाईभ मार्फत समाचार सम्प्रेषण गरेपछि आफन्तको बारेमा थाहा भएको थियो । त्यसैगरी गोरखपुरमा परिवारबाट बिछोडिएकी दाङकी १९ वर्षकी किशोरीले अहिले आएर घर परिवारको बारेमा बताउन सकेपछि उनको परिवार पत्ता लगाई स्वदेशफिर्ती गरिएको हो । हाल चारैजना किशोरीहरु चितवनस्थित आफन्त नेपालको सुरक्षित आवास गृहमा संरक्षित छन्। त्यहाँ रहँदा उनीहरुले जीवन उपयोगी तालिम तथा सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लाग्ने आफन्त नेपालका प्राविधिक सल्लाहकार इन्द्रराज भट्टराईले बताए। भट्टराईका अनुसार उनीहरु नेपाल आइपुगेको खबर प्राप्त भएपछि परिवारमा खुशीयाली छाएको छ। स्मरण रहोस्, कोरोना महामारीका कारण वेरोजगार महिला तथा हरु रोजगारीको प्रलोभनमा दलालहरुको चंगुलमा परेर बेचबिखनको शिकार भएको परिप्रेक्ष्यमा आफन्त नेपालले सन् २०२० मा मात्रै भारतका विभिन्न स्थानबाट ६८ जना महिला तथा बालबालिकाको उद्धार गरेको थियो।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.