आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम सुरु ।।

आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम सुरु ।।

आँबुखैरेनी, १२ फागुन । तनहुँको आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम बुधबार देखि सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा सो अन्तक्रिया कार्यक्रम सुरु भएको हो । अन्तरक्रिया कार्यक्रमको एक समारोहकाबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले अहिलेको युग भनेको सुचना प्रविधीको युग रहेको बताउनुहुदै जस्को सुचना प्रविधीमा पकट छ त्यो नै बलियो रहेको बताउनुभएको छ । सूचना प्रविधीको विकासमा दिनप्रतिदिन अपग्रेड हुदै गएको र पत्रकारहरुले ती प्रविधीहरुको बारेमा थाहा पाउनुपर्ने र सहि तरिकाले उपयोग गर्नुपर्ने मन्त्री चुमानले सुझाव दिनुभयो । पत्रकारलाई कसैले पनि जिम्मेवार नबनाउने र स्वयम् आफैंमा जिम्मेबार हुनुपर्ने उहाँले जोड दिनुभएको छ । उहाँले जनता प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुहुदै पत्रकारले गुणस्तरलाई पनि विकास गर्दै अगाडी बढ्नुपर्ने धारणा राख्नुभएको छ । सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक अन्तरक्रियाको बुधबार पहिलो दिनमा ग्लोबल मल्टिमिडियाका पत्रकार रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा भएको बृहत अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आर्चाय, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडे्ल, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, फोनिज गण्डकी प्रदेशका ईन्चार्ज हुम बहादुर गुरुङ्ग, राससका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेत, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष भरत कोइराला तथा फोनिज गण्डकी प्रदेशका पदाधिकारी लगाएत क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको फोनिज गण्डकी प्रदेशका सचिव सुनिता थापा मगरले जानकारी दिनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.