अाज यसरी हुंदैछ लिगलिगमा साईकल दाैड

लिगेलिगे साईकल दौडको तयारी पुरा भएको छ । नेपालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा फागुन ७ गते शुक्रबार लिगलिगे साईकल दौड हुने भएको छ ।

१३ औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानीय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् । लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्ने छन् । यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ |

त्यसैगरी, गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् ।

पालुङटार नगरपालिका स्तरीया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन् ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजकले जनाएको छ ।

लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै लिगलिगकोट पुगि दौड सम्पन्न हुनेछ ।

सिरानचोकगाउँपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गर्नु पर्ने रुट रहेको छ भने निम्नतम हाईट ४ सय २० मिटर रहेको छ ।

सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएर त्यो क्षेत्र जितेर त्यहीँ राज्य गर्न थालेको भन्ने इतिहास पाइन्छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.