एकजना सँग ८ लाख रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क

काठमाडौँ ।

कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

‘लकडाउनका बेला अनलाइनबाट पढाएका थिए,’ एक अभिभावकले भने, ‘अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ ।’ सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरू बताउँछन् । ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ,’ एक छात्राले भनिन्, ‘दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन्, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।’

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरूले गुनासो गरे । असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । ‘सरकारले तोकेको शुल्क त कार्यान्वयन भएकै छैन, कलेजले आफूखुसी शुल्क लिन्छ,’ एक विद्यार्थीले भने । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच २०७६ मंसिरमा शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने सहमति भएको थियो । कान्तिपुर डेन्टल कलेजले शुल्क समायोजन गर्नुको साटो बढी रकम असुल्न थालेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेज सञ्चालकले शिक्षा मन्त्रालयसँग लिखित रूपमा बढी शुल्क नलिने र लिएको भए फिर्ता गर्ने सहमति गरेका थिए । कान्तिपुर डेन्टल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज कलेज हो । यहाँ बीडीएसको प्रत्येक ब्याचमा ४५ जना अध्ययन गर्न पाउने कोटा तोकिएको छ । एउटै ब्याचका विद्यार्थीबाट ८ लाखको दरले अतिरिक्त शुल्क उठाउँदा करोडौं रकम हुन आउँछ ।

सरकारले तोकेको शुल्क र सहमति उल्लंघन गर्दै बढी शुल्क उठाउने गरिएको कलेजका पूर्वविद्यार्थी अच्युत भट्टले बताए । ‘अरू मेडिकल कलेजमा बढी लिएको रकमसमेत फिर्ता भइरहेको छ, कान्तिपुर डेन्टलले अहिले पनि अतिरिक्त रकम माग गरिरहेको छ,’ उनले भने । उनका अनुसार बिनाशीर्षक दुई किस्तामा २४ लाख लिइन्छ, विद्यार्थीले ५ वर्षसम्म तिर्न पाउने शुल्क दोस्रो वर्षभित्रै उठाउने गरिएको छ । दोस्रो वर्षको अन्तिम परीक्षा वा तेस्रो वर्षको भर्नासम्म शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिने, फेल गराउनेलगायतको धम्की दिने गरिएको उनले बताए ।

विद्यार्थीका अनुसार परीक्षा, इन्टर्नसिप, मेडिकल काउन्सिल, केयू रजिस्ट्रेसन शुल्कका नाममा कलेजले मनोमानी रकम लिने गरेको हो । चिकित्सा शिक्षा आयोगले यी शुल्क शिक्षण शुल्कभित्रै समावेश हुने जनाएको छ । कलेज सञ्चालक बुद्धिमान श्रेष्ठले शिक्षा मन्त्रालयमा भएको सहमति पालना गर्न नसकिने बताए । ‘त्यहाँ अरू मेडिकल कलेज सञ्चालकले सहमति गरे होला, हाम्रो कलेजबाट कसैले सहमतिमा हस्ताक्षर गरेको छैन,’ उनले टेलिफोनमा उल्टै प्रश्न गरे, ‘सरकारले तोकेको शुल्कमा पढाउन सकिँदैन, भोलि सरकारले १० लाख शुल्क तोकिदेला त्यसैमा पढाउने ?’ विद्यार्थी र अभिभावकसँग सल्लाह गरेर कलेजले शुल्क लिँदै आएको उनको भनाइ छ ।

सुदीप कैनीले कन्तिपुरमा खबर लेखेका छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.