मार्किचोकमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन ।।

आँबुखैरेनी, १६ माघ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले ५३ लाख ३८ हजार २९ रुपैंया ८६ पैंसाको लागतमा निर्मित सो आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुमानले आँबुखैरेनीमा छिट्टै १५ बेडको अस्पताल स्थापना गर्ने बताउनुभएको छ । अस्पताल कुन स्थानमा बनाउने र उपयुक्त सरकारी खाली जग्गाको खोजी भैरहेको उहाँले बताउनुभएको छ । यसको लागि ढकालकारको सेना गणको तल्लो खण्ड खाली जग्गा उपयुक्त हुन सक्ने र सोही स्थानमा अस्पताल बनाउने बिषयमा सरकारसँग पहल भएको मन्त्री चुमानको भनाई रहेको छ । यसैगरी, जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थान छिम्केश्वरीको विकास नगरे सम्म आँबुखैरेनीको समग्र विकास सम्भव नहुने बताउनुभएको छ । मन्त्री चुमानले आँबुखैरेनी–छिम्केश्वरी सडक निर्माणको लागि ५० करोडको बजेट मार्फत अहिले बाटो निर्माणको काम भैरहेको र बजेट थपिदै जाने जानकारी दिनुभएको छ । यस्तै, प्रदेश सरकारबाट छिम्केश्वरी माई मन्दिरको पुन निर्माणको ४० लाख रुपैंया छुट्याईएको र गाउँपालिकाले खर्च गर्न नसक्दा मन्दिरको पुननिर्माण अधुरो रहेको चुमानको गुनासो छ । उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा लोक दोहोरी गायक कमल सापकोटाले स्वास्थ सम्बन्धि गित प्रस्तुत गर्नुभएको थियोे । सो आधारभूत स्वास्थ्य केन्द्रको समउद्घाटन सगैं आजबाट सेवा सुरु भएको छ । केन्द्रमा १ जना एच. ए., २ जना एन.एम, १ जना कार्यालय सहयोगी रहेको प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेले जानकारी दिनुभयो । केन्द्रमा राज्यले तोकेका ३५ प्रकारका औषधी उपलब्ध रहेका छन् ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.