खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्थाको आर्थिक कारोवार सार्वजनिक

गोरखा १२, माघ ।

पृथ्वी नारायण साना शहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्थाले गएको आर्थिक बर्षमा भएको संस्थाको आर्थिक कारोवार सार्वजनिक गरेको छ । संस्थाले गोरखा सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरि संस्थाको गत आर्थिक बर्ष २०७६÷०७७ को आम्दानी तथा खर्च बिबरण सार्वजनिक गरेको हो । जस अनुसार संस्थाले गएको आर्थिक बर्षमा कुल १ करोड २० लाख ६६ हजार ९७८ रुपैयाको आर्थिक कारोवार गरेको अध्यक्ष बिनोदबाबु अर्यालले जानकारी दिनुभयो ।

संकलित रकम मध्ये सवै भन्दा धेरै बिद्युतमा खर्च भएको उहाँले जानकारी दिनुभयो । ‘यो आयोजना कठिन आयोजना हो, अध्यक्ष अर्यालले भन्नुभयो, ‘पूर्ण रुपमा बिद्युतमा भर परेर सञ्चालन गरिएकाले उपभोक्ताबाट बिभिन्न शिर्षकमा संकलन गरिएका शुल्क बापतको रकम बिद्युतमा नै खर्च गर्नुपर्ने बाध्यता रहेको छ । गएको आर्थिक बर्षमा मात्र संस्थाको बिद्युत महसुल बापत ५८ लाख रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कर्मचारी तलब भत्तामा २३ लाख ५२ हजार रुपैया, स्रोत मुआब्जाकम ७२ हजार, मर्मत सम्हारमा ७ लाख १२ हजा ३०९ रुपैया खर्च भएको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक बर्षमा बिभिन्न कटौती गरेर कुल ११ लाख ५४ हजार ३३४ रुपैया २३ पैसा सन्चित गरेको अध्यक्ष अर्यालले बताउनुभयो । गोरखा सदरमुकाम भित्रका अहिले उक्त खानेपानी आयोजनाले १२ सय ५० उपभोक्तालाई खानेपानी बितरण गर्दै आएको छ ।

संस्थाले खानेपानी महसुल, नयाँ सदस्यता शुल्क, जडान बिलम्ब शुल्क, मिटर बिक्रि, फर्म शुल्क, ठाउँसारी नामाारी, धरौटी शुल्क लगायतका बिषयमा उपभोक्ताहरुबाट शुल्क उठाउदै आएको छ । आयोजना निर्माण भएको १८ बर्ष भइसकेकाले आयोजना मर्मत गर्नुपर्ने अबस्थामा पुगेको पत्रकार सम्मलेनमा अध्यक्ष अर्यालले जानकारी दिनुभयो । ‘खानेपानी बिभागले उपभोक्त समितिलाई यो आयोजना अझै हस्तान्तरण भने गरेको छैन, उहाँले भन्नभुयो, १५ बर्षको आयु रहेको आयोजना अहिले १८ बर्ष पुगिसक्यो अब मर्मत नगरी नहुने अबस्थामा भइसकेको छ ।’

उहाँले मूलदेखि रिजर्भ टयाङ्की लगायत बिभिन्न ठाँउमा ९ दशमलव ८ किलोमिटर लामो पाइप परिवर्तन गर्नुपर्ने अबस्थामा रहेको बताउनुभयो । पाइप परिवर्तन गर्न नसक्दा करिब ४२ देखि ४५ प्रतिसतसम्म पानी चुहावट हुने गरेको उहाँको भनाई छ । आयोजना मर्मतका लागि ८ करोड ५२ लाख रुपैया लाग्ने अनुमान गरिएको भएपनि आधा रकम बाहेक अरु जुट्ने अबस्थामा नरहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

उक्त आयोजनाका उपभोक्ताहरुमा दैनिक १२ लाख लिटर पानीमा माग भएपनि अहिले ८ लाख लिटर भन्दा उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । उक्त आयोजनाले पानीको मूलमा रासायिनक फिल्टरको प्रयोग गरि आबश्यक मात्रामा क्लोरिङको मिलाएर उपभोक्ताहरुलाई पानी पिउन योग्य बनाएर बितरण गर्दैै आएको जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.