केपी ओली नेतृत्वकाे नेकपा नै वास्तविक नेकपा -मन्त्री बस्नेत

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगरकमिटी ओली पक्षिय अगुवा कार्यकर्ता भेला कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूवाधार तथा विकास मन्त्रि रामशरण बस्ननेतले केपी ओली नेतृत्वकाे नेकपा नै वास्तविक नेकपा भएकाे बताउनु भएकाे छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्रि बस्नेतले आजको शताब्दीमा विकास र समृद्धीको विकल्प नरहेको भन्दै, विकास र समृद्धीका वाधकहरुले देशलाई पछाडी धकेल्न खोजेको बताउनु भएको हाे ।
माधव नेपाल र पुष्पकमल दाहल प्रचण्डले पार्टीको नेतृत्व गर्दै गर्दा पहिलो बनेको पार्टीलाई तेस्रो बनाएको भन्दै उहाँले के पी वलीले पार्टीको नेतृत्व लिदाँ पार्टीलाई पहिलो बनाएको भन्दै अवको पहिलो पार्टी पनि के पी ओलीले नेतृत्व गरको पार्टी हुने दाबी गर्नुभयो । प्रचण्ड र माधव नेपाललाई पदको लोभ मात्र रहेकाले लोभीहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नसक्ने भन्दै उहाँले अब देश विकासका लागी के पी ओलीको बिकल्प नरहेको पनि बताउनु भएको छ । ओलीलाई कार्वाही गरेको भन्दै नाक फुलाउदै हिडेकाहरुलाई उहाले गोठालोले गाई बेच्न नसक्ने भन्दै ब्याङग्य गर्नु भयो । के पी ओलीले नाका बन्दीमा घुँडा नटेकेर, भारतले मिचेको भुमी फिर्ता गरेर र विकास अनि समृद्धीका काम गरेर आफ्नो क्षमता देखाई सकेकाले अब जनताले साथ दिने विश्वास पनि व्यक्त गर्नु भयो । अब जनताले को अकबरी सुन हो, को पत्तिली हो छुट्टाउने छन् उहाँले भन्नु भयाे ।
कार्यक्रमका बिशेष अतिथी रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य प्रेम गुरुङले पार्टी विधी र विधानले चल्ने, संघ संगठनले चल्ने भन्दै हुल हुल्दङगामा नलाग्न जनताहरुलाई आग्रह गर्नु भयो । हिजो पार्टीलाई चल्न दिईएन अब नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखा जिल्ला पार्टी वायु पङ्खी घोडाको गतीमा अघी बढने पनि उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य हरी भट्ट, नेपाल कम्युनिष्ट पार्टी नेकपा पालुङटार नगर कमिटी सदस्य दिपक अधिकारी, प्रकाश न्यौपाले लगाएतले मन्तव्य राख्नु भएको थियो । अधिकाशं वक्ताहरुले कार्यक्रममा बोल्दै पालुङटारमा केहि छैन भन्नेहरुका लागि अब आफ्नो पार्टी चुनौतीका लागि तयार रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पालुङटारका सचिवालय सदस्य बलराम थापा सभापती रहेनु भएको कार्यक्रमको उदघोषण नेपाल कम्युनिष्ट पार्टी नेकपा पालुङटार नगर कमिटी सदस्य, पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रम नव दुर्गा पार्टीप्यालेस पालुङटार ०५ ठाँटिपोखरीमा भएको थियो । उक्त पार्टीप्यालेस हिजै गण्डकी प्रदेश सरकारका भौतिक पूवाधार तथा विकास मन्त्रि रामशरण बस्नेतले उद्दघाटन गर्नु भएको हो । आफ्नो व्यक्तिगत लगानीमा प्यालेस संञ्चालन गर्न लागेको पार्टी प्यालेसका संञ्चालक दिल बहादुर रानाभाट (क्षेत्री) ले बताउनु भयो । सुनाैलाेपत्रिका

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.