फोहर फाल्न प्रयोग गरिएको ठाउँमा आकर्षक पुष्पबाटिका

चितवन, पुस २५–

भरतपुर महानगरपालिका १ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्प बाटिका बनाएका हुन् । स्थानीयकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको आज (शनिबार) बाटिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा स्थानीयले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा बाटिका निर्माण गरेको बताए । नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्प बाटिका सडकबाटै देख्न सकिन्छ ।

स्थानीय होटलसहित अन्य घरपरिवारले फोहर फाल्ने गरेको उक्त स्थानलाई सफा गरेर पुष्प बाटिका बनाइएको कुँवरले बताए । त्यहाँ विगत २०/३० वर्षदेखि फोहोर फालिंदै आइएको थियो । झाडीले घेरिएको उक्त स्थान कुरुप देखिन्थ्यो । सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो । कुल साढे दुई विघा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कट्ठा जग्गा भरतपुर महानगरको रहेको छ । महानगरको जग्गामा कँक्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूलहरु रोपिएको छ ।

बाटिकामा सिजनल फूलहरु लगाइएका छन् । पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन् । बाटिकामा चाइनिज दुबो रोपिएको छ । दुबो फैलिएसँगै र फूलहरु फूल्न थालेपछि बाटिका आकर्षक देखिन्छ । यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायतका भौतिक संरचनाहरु निर्माण गरिएका छन् । आगामी दिनमा अपाङ्गमैत्रि शौचालय, स्तनपान कक्ष, योगा गर्ने ठाउँ (जीम हल) लगायतका संरचना निर्माण गरिने योजना रहेको बाटिका निर्माण समितिकी अध्यक्ष डिलकुमारी लामिछानेले जानकारी दिइन् ।

यसै वर्षको असार २३ गतेबाट निर्माण कार्य सुरु गरिएको बाटिकामा अझै थुप्रै कामहरु बाँकी भए पनि यही माघ १ गते बाटिकाको उद्घाटन गर्ने तयारी गरिएको छ । वनको खाली रहेको जग्गमा कँक्रिटयुक्त कुनै पनि संचरना बनाउन नपाइने नियमले आफूहरुलाई सबै संरचना निर्माण गर्न जग्गा अभाव हुने देखिएको लामिछाने बताउँछिन् । यस्तै वन कार्यालयले ढलेका रुखहरुलाई यता उता सार्न समेत नदिएको उनको गुनासो छ । उक्त ढलेका रुखहरुलाई प्रयोग गर्न दिएमा बाटिकाभित्र काठका संचरना निर्माण गर्न सकिने उनको भनाइ छ ।

बाटिका निर्माणमा हालसम्म १६ लाख ५० हजार खर्च भएको निर्माण समितिका कोषाध्यक्ष दुर्गा पन्तले जानकारी दिए । १२ लाख ५० हजार रुपैयाँ सहयोग रकम संकलन भइसकेको बताउँदै उनले बाँकी रकम पसलमा तिर्न बाँकी रहेको बताए ।  स्थानीय व्यक्ति, समाजसेवी, पसल, विदेशमा रहेका नेपालीहरुले बाटिका निर्माणका लागि सहयोग गरिरहेको बताउँदै उनले सरकारी तवरबाट हालसम्म कुनै पनि सहयोग रकम उपलब्ध नभएको जनाए । विभिन्न व्यक्तिहरुले कसैको स्मरणमा, कसैको नाममा संचरना निर्माण गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ । बाटिकामा हाल प्रवेश निःशुल्क गरिएको बताउँदै आगामी दिनमा काम सम्पन्न भएपश्चात कर्मचारी पाल्न पुग्ने गरी शुल्क उठाइने जानकारी दिए । हाल बाटिकामा दुई जनाले नियमितरुपमा रोजगारी पाइरहेका छन ।

narayanionline.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.