सरकारी कार्यालयहरुमा ढिलासुस्ती बढेको भन्दै जनता समाजबादी पार्टीकाे ध्यानाकर्षण

गोरखा २३, पुस । गोरखा जिल्ला भित्रका सरकारी कार्यालयहरुमा ढिलासुस्ती बढेको भन्दै जनता समाजबादी पार्टी नेपाल गोरखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ । पार्टी नगर समितिका इन्चार्ज ज्वोती कोइरालाको नेतृत्वमा गएको टोलीले जिल्ला भित्रका अधिकासं सरकारी कार्यालय नागरिकहरुले प्राप्त गर्ने सेवा सुबिधामा ढिलासुस्ती हुने गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई बुझाइएको ज्ञापन पत्रमा जिल्ला प्रसासन कार्यालय सहित मालपोत कार्यालय, नापी कार्यालय, राजस्व कार्यालय, घरेलु कार्यालय लगायतका कार्यालयमा नागरिकहरुले दिनहुँ जसो सास्ती खोप्नु परेको उल्लेख छ । ध्यानकर्षण पत्रमा मालपोत कार्यालय लगायतमा लेखापढी ब्यवसायीहरुले सेवाग्राही सँग चर्को शुल्क असुलेर बिचौलिया काम गर्ने गरेको आरोप समेत लगाएका छन् ।

सामान्य जनताको काम समयमा हुने अबस्था नै नरहेको भन्दै ज्ञापन पत्रमा पैसा तिर्नेको काम लेखनदासले फाईल घुमाएर धेरै पैसा असुलेर गरिरहेको भन्दै तत्काल सुधार गर्नुपर्ने आबश्यकता रहेको औल्याइएको छ । ‘जनताको श्रम पसिनाबाट तिरेको करले पालिएका राज्यका संयन्त्र एवं कर्मचारीबाट जनता माथि नै सास्ती थोर्पनु दुखद् कुरा हो, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अहिलेको आधुनिक बैज्ञानिक युगमा समेत पारदर्शिता, जबाफदेहिता इमन्दारिता र जिम्मेवारी बहन गर्नु पर्ने ठाउँमा जिम्मेवारी बहन नगरी व्यक्तिगत स्वार्थ पूर्ति गर्ने कार्यप्रति हाम्रो आपत्ती छ ।’

ध्यानकर्षण पत्रमा एकैदिनमा हुनुपर्ने काम सम्पन्न गर्ने समेत नागरिकहरुले हप्तौ दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको भन्दै नागरिकहरुलाई बिना झन्झट सहज रुपमा काम गर्ने वातारण मिलाउन माग गरिएको छ । ध्यानकर्षण पत्र बुझ्नु हुदै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सवै कार्यालयबाट छिटो छरितो र ब्यवस्थित रुपमा सेवा प्रदान गर्न वातारण बनाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नागरिकहरुको सेवाका लागि बसेको कार्यालयहरुबाट नागरिकहरुलाई अफट्यारो पार्ने अबस्था हुन नहुने भन्दै चुस्त दुरुस्त कार्य गर्न गराउनका लागि पहल गर्ने बताउनुभयो । जिल्ला भित्रका सेवाग्राहीको बढी नै चाप हुने मालपोत, नापी कार्यालय, जिल्ला प्रसासन कार्यालयहरुमा पछिल्लो समय सेवाग्राहीले बढी नै सेवा लिन बढी नै सास्ती खेप्नु परेको गुनासो बढीरहेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.