दुर्घटनाका कारण चालककाे स्वास्थ्य

चितवन, पुस २३–

केही दिनअघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । चालकको छातीको हड्डी भाँचियो । उनको अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट चिरौली जाँदै गरेको ना७त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय दयाराम महतो घाइते हुनुभएको हो । दुर्घटना पुस १९ गते भएको थियो ।

यस्तै केही दिनअघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजिक भ्यान दुर्घटना भयो । जसमा मानवीय क्षति हुन पाएन । यी दुवै घटनाका कारण थियो चालकको शारीरिक अवस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्तचापको समस्याले भएको हो भने टिकौलीमा भएको दुर्घटना चालकमा छारेरोग भएकाले दुर्घटना भएको पाइएको छ ।

यसरी सडकमा सवारी दुर्घटना हुँदा चालक अस्वस्थ रहेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा मौलाकालिका अस्पताल भरतपुरले आज अस्पताल परिषरमा लामो तथा छोटो दूरीका सवारी साधनका चालकका निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा आउनु भएका चालक राजकुमार गुरुङ्ग सवारी चालकको नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “केही दिनअघि सँगै म्याजिक चलाउने साथीको गोन्द्राङ्मा दुर्घटना भयो । आखिर उसलाई छारे रोग रहेछ ।”

यस्ता दुर्घटनाले चालक मात्र नभएर सवारी यात्रा गरिरहेका यात्रु र सडकमा पैदल यात्रा गरिरहेकाहरु समेत असुरक्षित बनेको सवारी चालकले नै बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट चालकमा हुने दीर्घरोग पनि सडक दुर्घटनाका कारणमध्ये एक रहेको बताउनुहुन्छ । चालकको स्वास्थ्यका कारण १५ प्रतिशत दुर्घटना हुने गरेको उहाँको भनाइ छ । नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य अवस्थ सुधार नभएसम्म सवारी नचलाउन उहाँले चालकलाई आग्रह गर्नुभयो ।

मौलाकालिका अस्पतालका सञ्चालक डा. रमेश घिमिरेले चालकको स्वास्थ्य भनेको यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले अस्पतालले यो कार्यक्रम गरेको बताउनुभयो । समुदायप्रति उत्तरदायी हुने क्रममा समाजमा यस्ता कार्यक्रम मौलाकालिका अस्पतालले विभिन्न समयमा गर्दै आएकोमा यस वर्ष चालकको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ । अस्पतालले आजको क्याम्पमा स्वास्थ्य परीक्षण गर्न आउने चालकका लागि पछि पनि अस्पतालमा २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । सो अवसरमा ७५ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये अधिकांशलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएको घिमिरेले जानकारी दिनुभयो । रासस

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.