काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च, सकभर घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताउनुभयो ।चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ ।अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।यस्तो प्रदूषणको समयमा आमनागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बताउनुभयो । यसैबीच सरकारले काठमाण्डौसहितका सहरमा वायु प्रदूषण घातक तहमा पुगेकाले सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ ।काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ ।  ujyalo online

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.