गाेरखामा अाेली पक्षकाे प्रभाव न्यून

राजेन्द्र न्याैपाने,  पुस २०, गाेरखा । प्रधानमन्त्री केपी शर्मा ओलीको गोरखा जिल्लामा भने प्रभाव शून्य प्राय देखिएकाे छ । संसदमा दुई तिहाइ हाराहारीमा आफ्नो सांसद हुँदाहुँदै प्रधानमन्त्रीले अकस्मात लहडमा संसद बिघटन गरेर आत्मघाती काम गरेसँगै अहिले देशैभरी त्यसको विरोध प्रदर्शन भैरहेको छ र संसद पुनस्थापनाको माग गरिएको छ।

संसद बिघटनको निर्णयले नेकपा स्पष्ट रुपमा दुई भागमा बिभाजन भएको छ। त्यसको असर केन्द्रदेखि गाउँसम्म परेको छ। यद्यपि गोर्खामा भने नगन्य रुपमा मात्रै त्यसको प्रभाव परेको छ।

त्यसको मुख्य कारण गोर्खामा पार्टी एकिकरण हुनुभन्दा अगाडि नै तत्कालिन एमालेको प्रभाव निकै कमजोर थियो र अहिले माथिका ठूला नेताहरु दुई समूहमा लागेसँगै ९५ प्रतिशत नेता कार्यकर्ताहरु प्रचण्ड-नेपाल समूहको नेकपामा लागेका छन् भने बाँकी कार्यकर्ता मात्र ओलीको समर्थनमा निस्केका छन् । समर्थनमा निस्केकाहरुले केन्द्रिय सदस्यकाे उपाधि पाएका छन् । केन्द्रिय सदस्य पाएकाहरु सबै व्यावसायीहरु हुन् । पद दिए पछि पदकाे मान राख्न पनि प्रधानमन्त्रीकाे पक्षमा बाेल्नु परेकाे नयाँ केन्द्रिय सदस्य सुरेन्द्र थापाले बताए । सुरेन्द्र थापा, बाबुराम थापा र अर्का नेता यादव वस्नेत यस अघि माधव नेपालकाे पक्षमा थिए । उनीहरु तिनै जनालाइ केन्द्रिय सदस्य प्रदान गरी ओलीले आफ्नाे पक्षमा तीन कार्यकर्ता थप्न सफल भएका छन् । यस अघि गण्डकी प्रदेशका भाैतिक विकास तथा पुर्वाधार मन्त्री रहेका रामशरण बस्नेत मात्र केन्द्रिय सदस्य रहेका थिए । प्रदेशमा मुख्यमन्त्री गुरुङ आफ्नाे पक्षमा नउभिने अवस्थामा ओलीले बस्नेतलाइ मुख्य मन्त्री बनाउने चर्चा बालुवाटारमा चलेकाे प्रधानमन्त्री सचिवालयकाे एक कर्मचारीले बताए ।

ओली समर्थक धेरै कार्यकर्ताहरु यस पटक ओलीले गरेको गलत कदमबाट रुष्ट बनेको कारण पनि उनिहरु खुलेर आउन चाहेका छैनन् । आफ्नो पक्षलाई बलियो बनाउन जिल्लामा केहि केन्द्रीय सदस्य थप गरेको भएपनि कार्यकर्तामा भने खासै उत्साह देखिएको छैन।

पूर्व एमालेको बलियाे पकड रहेकाे भनिएकाे गोरखा नगरपालिका,आरुघाट आरुघाट गाउँपालिका ,सिरान्चोक गाउँपालिका लगायत सबै वडाहरुमा स्पष्ट रुपमा विभाजन बनेको र प्रचण्ड- नेपाल पक्षका ठूला नेताहरु जिल्ला केन्द्रीत हुनथालेको कारण पनि ओली पक्ष कमजोर हुन पुगेको हो। गोर्खामा राजनितिमा चासो राख्ने जनमत ठूलो भएकोले अधिकाँश मिडियामा संविधानविद,कानूनबिद,पूर्वप्रधान न्यायाधिस सबैले संसद बिघटन असंबैधानिक भनिरहेकोले पनि जनतालाई कन्भिन्स गर्न गाह्रो भैरहेको एक नेताले वताए।

साथै उनले कतिपय साथीहरु चुनाब चिन्ह सूर्य नपाइने डरले पनि साथ दिन न आएको दुखेसो पोखे। संसद पुनस्थापना भैहालेमा वा चुनाबसम्म पनि यस्तै अवस्था रहेमा गोर्खामा ओली पक्षलाई अधिकाँस वडाहरुमा धराैटी जोगाउन पनि मुस्किल पर्ने धेरैले आंकलन गरेका छन्।

पालिका स्तरमा हेराै ओली नेकपाकाे उपस्थिति िसरान्चाेकमा व्यावसायिक धारका नेता देवराज गुरुङ र शहिद लखन गाउँपालिकामा हाेटेल व्यवसायी एव‌ँ पार्टी एकता हुनु अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरी नेकपामा अध्यक्ष भएका मनाेज कुमार जाेशी ओलीकाे पक्षमा देखिएका छन् ।

११ गाउँपालिका मध्ये नाै गाउँपालिका भित्रका अध्यक्ष र सचिव सहित सबै तहका नेता कार्यकर्ताहरु प्रचण्ड माधव पक्षमा रहेका हुन् । जिल्ला कार्य समितिमा यस अघि रहेकाहरु केही केन्द्रिय सदस्य भएका र बाँकी प्रचण्ड माधव नेपालकाे सँस्थापन नेकपामा सामिल भएका हुन् ।

कुनै पनि जनवर्गिय सँगठनका अध्यक्ष र पदाधिकारीहरु ओलीका पक्षमा देखिएका छैनन् । पार्टी एकताका क्रममा समेत सदस्य धेरै देखाउन व्यावसायिक धरातलका मानिसहरुलाइ प्रलाेभनमा पारेर सामिल गराएका कारण साेही धारका केही मानिसहरु ओली पक्षमा देखिएकाे पाइन्छ । यस अघिकाे निर्वाचनमा ल्याएकाे पूर्व एमाले तर्फकै मतमा ओली पक्षले ५ प्रतिशत भन्दा धेरै प्राप्त गर्न नसक्ने नयाँ केन्द्रिय सदस्यकाे भनाइ छ । गर्नै नहुने काम गरेपछि पार्टी कसरी बनाउने ? उनले भने ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.