लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढदाे

नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्ने अभियान थालेसँगै आन्तरिक पर्यटकको आकर्षक ‘हब’ बन्दै गएको हो ।

‘कोभिडअघि दैनिक तीन/चार सय जना पर्यटक आउँथे’, लिगलिग विकास अभियानका अध्यक्ष पूणर्बहादुर रानाले भने ‘कोभिडले केही असर गर्‍यो । अहिले फेरि पर्यटक आउन थालेका छन् ।’ आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । विषेशतः युवाहरुको रोजाईमा लिगलिगकोट बन्ने गरेको उनले बताए । शनिवार पाँच सयसम्म र अन्य दिन दुईसय भन्दाबढि पर्यटक लिगलिगकोट आउने गरेको रानाले बताए ।

नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न भन्दै ६० फिट उचाईको फलामे खम्बामा ४० फिट उचाईको राष्ट्रिय झण्डा राखेको छ । टाढाबाट समेत झण्डा देखिने हुँदा त्यहाँ पुगेका पर्यटकहरु झण्डा देखिने गरी फोटो खिच्ने क्रम बढेको उनले बताए ।

लिगलिगकोटलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पर्यटकको आकर्षण बढाउन टेलिस्कोप राख्ने, सिँढी बाटो (पैदल मार्ग) बनाउने, दुईवटा पार्क निर्माणको काम भइरहेको छ । संग्रहालय निर्माणको योजना पनि बनेको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले बताए । ‘स्थानीयको आम्दानी बढाउँदै यहाँको उत्पादन बिक्री गर्ने, पालुङटारबासीको जीवनस्तर उकास्ने गरी लिगलिगकोटलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्ने गरी वर्षेनी बजेट बिनियोजन गरेका छौँ’, नगरप्रमुख कँडेलले भने । लिगलिगकोट पालुङटारको मात्र नभएर नेपालकै ऐतिहासिक ठाउँ रहेको बताउँदै उनले दौड जितेर राजा हुने परम्पराको थालनी गरेको ठाउँको आफ्नै इतिहास भएको बताए । ‘हामीले इतिहास बेचेर यसको फाईदा लिने योजना बनाउँदैछौँ’ उनले भने ।

स्थानीयका अनुसार लिगलिगकोटमा विशाल राष्ट्रिय झण्डा, शाहवंशीय दरबारको भग्नावशेष, लिगलिग कालिकामन्दिर, भुमेथानलगायतका थुपै मन्दिरहरु तथा ऐतिहासिक महत्वका स्थानहरु छन् । लिगलिगकोटबाट गोरखा दरबार, धार्मिक महत्वको प्रसिद्ध मनकामना मन्दिर, छिम्केश्वरी मन्दिर, पालुङटार फाँट, दरौँदी फाँट, राइनासको फाँट, चेपे, मस्र्याङ्दी नदीका साथै विभिन्न हिमश्रृङ्खला तथा सूर्योदय र सूर्यास्तको अवलोकन पनि गर्छ सकिन्छ । लिगलिगकोट समुन्द्री सतहबाट करिब एक हजार पाँच सय मिटर उचाईमा छ ।

लिगलिगकोटमा होमस्टे स्थानीयले सुरु गरेका छन् । अहिले त्यहाँ जाने पाहुनका लागि लिगलिग बिकास बोर्डले टेन्टको ब्यवस्था गरेको छ । टेण्ट भाडामा लिएर स्थानीय बस्न पाउँछन् तर खानेकुराको जोहो आफैँ गर्नुपर्छ । स-साना खाजा खाना खाने ठाउँ भने छ । ‘पहिले नै खबर भयो भने खाने, बस्ने ब्यवस्था सजिलो छ’ बोर्डका अध्यक्ष रानाले भने । भाडामा उपलब्ध हुने नौ वटा टेन्ट छ । एउटा टेन्टमा दुई जना सुत्न मिल्छ । अहिले लिगलिगकोट आउनेहरु टेन्टमा बसेर फर्कने गरेका छन् भने अधिकांश दिउँसो घुमेर साँझ फर्कन्छन् । स्तरीय होटल, शौचालय, पानी, इन्टरनेट यहाँको आधारभुत आवश्यकता बनेको छ ।

अहिले लिगलिगकोट होमस्टे सुरु भएको छ । सात घरबाट सुरु भएको होमस्टे २० घरमा पुर्‍याउने स्थानीयको लक्ष्य छ । लिगलिगकोटको काखमै रहेको होमस्टेमा बस्न खान पाईन्छ । स्थानीयले पर्यटकका लागि भनेर छुट्टै घर बनाएर ब्यवस्थित होमस्टे सुरु गरेका लिगलिगकोट होमस्टे समितिकी अध्यक्ष प्रेमकुमारी थापाले बताईन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.