संघमा जे भएपनि प्रदेशमा मिलाैं – मुख्यमन्त्री गुरूङ

१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् ।

बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् ।

संघमा जे सुकै होस्, प्रदेशमा मिलौं : मुख्यमन्त्री गुरुङ

१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् ।

बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् ।

संसद विघटनको स्वागत र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले पोखरामा शुक्रबार गरेको भेलालाई संबोधन गर्दै मुख्यमन्त्री गुरुङले एउटै संसदीय दलबाट सरकारमा रहन आग्रह गरे ।

‘साविक एमालेबाट २८ जना, साविक माओवादीबाट १२ जना, कांग्रेसको १५ जना, समाजवादीको २ र राष्ट्रिय जनमोर्चाको ३ जना हुनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘४० जना हामी छौं । संघमा जे सुकै गरुन्, विकासको यो अभियानमा, समृद्ध प्रदेशको अभियानमा गण्डकी प्रदेशले साच्चिकै नमूना देखाएको छ । त्यसैले यही संसदीय दलमा रहेर जान म आग्रह गर्दछु ।’

उनले त्यसो नभए भोलि धेरै गाह्रो हुने पनि बताए । जनयुद्धको लिगेसी होला तर त्यसको संवोधन पनि आफूहरुले नै गर्ने गुरुङले बताए । ‘हामीलाई त कुनै डर छैन । उच्च मनोबलका साथ चुनावमा जाने हो,’ गुरुङले भने, ‘२ वटा पार्टी फुट्यो त के भयो ? मान्छेहरुले भनिरहेका छन् । हेर्दै जानुहोला, संसद पुनर्स्थापित नहुँदै र सूर्य चुनाव चिह्न हामीले पाउनेबित्तिकै सबैको झोली तुम्बा रित्तिने छ ।’

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले संविधानको धारा मिचेर संसद भंग गरेकाले अंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताए । बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले म्याण्डेट हुँदाहुँदै काम गर्न नदिएपछि संसद भंग गरेर जनतामा जानु संसदीय मूल्य मान्यताभित्रैको कुरा भएको उनको भनाइ थियो ।

‘धेरैलाई भ्रम छ, फेरि संसद पुनस्र्थापना हुन्छ कि माधवकुमार नेपालहरुको पक्षमा जान्छ कि भन्ने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसदीय छलफलै नगरिकन अविश्वास प्रस्ताव ल्याउने कुरा मर्यादाभित्र पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनताको जनमतको अपमान गर्ने भएपछि अब यसको फैसला प्रधानमन्त्रीले होइन, जनताले नै गर्ने हो ।’

प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई नबुझाएको उनको भनाइ थियो । ‘नेपालको प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई बुझाएको हो ? होइन । सेनालाई बुझाएको हो ? होइन । प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नो खल्तीमा राखेको हो ? होइन । जनताको मौलिक अधिकार खोसेर संकटकाल लगाएको हो ? होइन,’ मुख्यमन्त्री गुरुङले भने, ‘सार्वभौम जनतामा जान चाहन्छु, न्याय दिने काम उहाँहरुको हो भनेर जानु संसारमै सबैभन्दा लोकतान्त्रिक र गणतान्त्रिक हो ।’
उनले कुनै पनि हालतमा संसद पुनस्र्थापित नहुने दाबी गरे ।

संस्थापन पक्ष को होला भन्ने अर्को जिज्ञासा सबैमा रहेको भन्दै गुरुङले नेकपाको विधानले बहुमत र अल्पमतको परिकल्पना नगरेकाले अध्यक्ष र महासचिव भएकाले आफूहरु नै संस्थापन भएको जिकिर गरे ।

‘उनीहरुसँग टाउको धेरै छ, उनीहरुसँग बहुमत भएपछि सक्किइ हाल्यो नि भन्ने छ,’ गुरुङले भने, ‘यो पूर्व एमालेको विधान होइन, पूर्व माओवादीको विधान पनि होइन । एकतापछिको नेकपाको विधानले बहुमत, अल्पमतको परिकल्पना नै गरेको छैन ।’

संघ र प्रदेशको एक साथ चुनाव हुन सक्छ

प्रचण्ड–माधव समूहले कति अस्थिरता चाहँदै छन् भन्ने शुक्रबार हेटौंडामा देखिएको प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले बताए । ‘हेटौंडामा आज अविश्वास प्रस्ताव दर्ता भयो । उनीहरुले बुझ्नुपर्दछ, यस्तै अस्थिरता निम्त्याइन्छ भने आम चुनावसहित एकैचोटी संघ र प्रदेशमा नयाँ फेस गर्न तयार छौं,’ नेता अधिकारीले भने, ‘तपाईंहरु आन्दोलनमा जानुहुन्छ, हामी जनतासँग भोट माग्न जान्छौं ।’

प्रचण्ड–माधव समूहले सूर्यको फन्को मारे पनि सरकार बनाउन नसक्ने बताए । प्रचण्ड–माधव समूहले पद, पैसा र परिवारका लागि आफ्ना सिद्धान्त त्यागेको उनको भनाइ थियो ।

‘आफ्नो पद, पैसा र परिवारका लागि सिद्धान्त त्याग्ने कहिल्यै माक्र्सवादी बन्न सक्दैन,’ उनको भनाइ थियो ।

हारेपछि चिटिङ भो, भन्नुभन्दा बेलैमा चुनावको तयारीमा लाग्न अधिकारीको आग्रह थियो । माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहका नेताले गरेको विरोधप्रति अधिकारीले कटाक्ष गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आधिकारिक नेकपा पनि आफूहरु नै भएको दावी गर्दै सूर्य चिह्नमा आँखा नलगाउन आग्रह गरे । ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनाव मार्फत आफ्नो लोकप्रियता देखाउन बस्नेतले चुनौती दिए ।

अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईलाई खुट्टा नकमाउन आग्रह गर्दै बस्नेतले अब प्रचण्ड–माधवहरु माइतीघर होइन जेलमा जाने दाबी गरे ।

युवा संघको भेलामा बोल्ने अधिकांश वक्ताले फेरि चुनावमा गएर बहुमत ल्याउने गरी जनताको दैलोमा जान आग्रह गरे । onlinekhabar.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.