गाेरखामा जनता समाजवादी पार्टीकाे प्रदर्शन, असँवैधानिक कदमले जनताकाे अधिकार खाेसियाे

गोरखा, ८ पुस । जनता समाजबादी पार्टी गोरखाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको संसद बिघटनको बिरोधमा आज गोरखामा बिरोध कार्यक्रम गरेको छ । सो पार्टीले संसद पुनर्स्थापनाकाे माग गर्दै सदरमुकामको बसपार्कदेखि हरमटारी चोकसम्म प्रर्दशन गरेको हो । प्रर्दशनपछि आयोजिक कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् स‌ँविधानसभा सदस्य ज्ञानेन्द्र कुमाले प्रधानमन्त्रीको असंबैधानिक कार्यबाट नेपाली जनताले २००७ सालदेखि प्राप्त गरेको सवै प्रकारका उपलब्धि खोसिएको बताएका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्री संसद बिघटनको मुख्य मतियार भएको भन्दै सभामुखले पनि बिशेष अधिकारको प्रयोग गर्न नसकेको भन्दै उसले पनि जिम्मेवारी दिनुपर्ने बताए । केन्द्रीय सदस्य कुमालले एउटा पार्टीको झगडाले देश अहिले बन्धक बनेको भन्दै केपी ओलीले नेपाली जनतासंग माफी मागेर संसदको पुनस्थापना गर्नुपर्ने माग गरे ।

कोणसभालाई सम्बोधन गर्दै पाटीका अर्का केन्द्रिय सदस्य रमेश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई आफ्नो बिर्ता ठानेको भन्दै त्यसको बिरोधमा पार्टी सर्घषमा उत्रनु परेको बताए । ‘नेपाली जनताले ठूलो बिश्वासका साथ ५ बर्ष शासन सत्ता सञ्चालनको जिम्मा नेकपालाई दिएको थियो, उनले भने , ‘तर देश एकाएक दुर्घटनामा पसेको छ ।’

नेता पोखरेलले नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि माथि गरिएको खेलबाडका कारण राजाबादीहरु समेत सडकमा आउन थालेको बताए । ‘नेपाली जनताले लोकतन्त्र, गणतन्त्र ल्याउन थुप्रै आन्दोलन गरेका छन्, उनले भने, ‘फेरि पनि आन्दोलन गर्न तयार छन् तर जनतलाई एम्बसुमा धकेल्न खोजियो भने त्यो स्विकार्य हुदैन ।’

कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य एवंम गण्डकी प्रदेश सभाका सदस्य हरिशरण आर्चायले दुई तिहाईको सरकार देशमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म जति नै निर्वाचन गरेपनि राजनीतिक स्थिरता कायम हुनै नसक्ने बताए । केन्द्रिय सदस्य रोहित पाण्डे, गोेपालबाबु श्रेष्ठ, जिल्ला अध्यक्ष नारायण खत्री, युवा नेता मनबहादुर तामाङ लगायतले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टी आन्दोलनमा उत्रनु परेको बताएका छन् । manasalu.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.