चितवन मेडिकल कलेजमा नेपालकै पहिलोपटक न्यूक्लियर मेडिसिन सेवा सुरु

नेपालमै पहिलोपटक चितवनमा न्यूक्लियर मेडिसिन सेवा सुरु भएको छ । चितवन मेडिकल कलेज भरतपुरले चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवा अन्तरगत न्यूक्लियर मेडिसिन सेवा सुरु गरेको हो ।

न्यूक्लियर मेडिसिन विशेषज्ञ डा.जीवन पौडेलको नेतृत्वमा विशिष्ट सेवा सुरु गरिएको हो । यस उपचारबाट सबैभन्दा बढी थाइराडका बिरामीहरु लाभान्वित हुने छन् । यस सेवा अन्तरगत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नशामा चढाइन्छ । त्यसबाट निश्कने गामा विकिरणलाई स्पेक्ट/सिटीको माध्यमबाट जाँच गरिन्छ । जसबाट शरीरका विभिन्न अंगहरुको गहज जाँच सम्भव हुने र थाइराइडका क्यान्सरको समेत पूर्ण रुपमा सफल उपचार हुने डा.पौडेलले जानकारी दिए । उनले भने–‘नेपालमै पहिलोपटक यो सेवा सुरु भएको छ, यसबाट सबै प्रकारका बिरामीहरु लाभान्वित हुने छन्, यो एक स्थापित र सुरक्षित सेवा हो ।’

डा.पौडेलले यस सेवाबाट थाइराइडका गलगाडको विना अप्रेशन सफल र स्थापित उपचार हुने बताए । यस सेवाबाट मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो र हड्डीका साथै अन्य विभिन्न विभागका बिरामीहरु लाभान्वित हुने भएका छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले विगत एक दशकदेखि नै चितवन मेडिकल कलेज उच्चस्तरीय प्रविधिसहित उपचार कसरी सहज बनाउने भन्ने नीतिमा लागि रहेको भन्दै सोही अनुरुप नयाँ प्रविधि भित्र्याएर सेवा संचालन गर्न सफल भएको बताए । उनले यस सेवा लिन काठमाडौंबाट समेत बिरामीहरु चितवन रिफर भएर आउने बताए । उनले भने–‘यो विशिष्ट प्रकृतिको सेवा भएकाले सबै ठाउँका बिरामीहरु लाभान्वित हुनेछन्, मेडिकलको हब राजधानीबाट समेत बिरामी आउने छन् ।’

यो सेवा औनपचारिक रुपमा सुरु भइसकेको छ भने केही दिनभित्रमा औपचारिक रुपमा नै उद्घाटन गरिनेछ । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले न्यूक्लियर मेडिसिन सेवा सुरु गर्न १४ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । साँढे ९ करोड उपकरण र बाँकी रकम अन्य पूर्वाधारमा खर्च भएको सिइओ देवकोटाले जानकारी दिए । जर्मनको सिमेन्स इन्टिभो कम्पनीको स्पेक्ट सिटी उपकरण जडान गरिएको छ । स्पेक्ट सिटिका साथै न्यूक्लियर मेडिसिन रेडियोधर्मी औषधि बनाउने ल्याबका उपकरणहरु र दक्ष जनशक्तिबाट देशकै नमुना न्यूक्लियर मेडिसिन विभाग स्थापित गरिएको छ ।

अस्पतालका सिइओ देवकोटाका अनुसार यो सेवा लिनका लागि बिरामीले ७ हजार पाँच सयदेखि २४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । हाल दैनिक १५ जनाले यो सेवा लिन सक्ने छन् । देशकै मध्यभागमा रहेको चितवन मेडिकल कलेजमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । गतआर्थिक वर्षमा यहाँ ३ लाख २४ हजार बढीले उपचार गराएका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.