देशभरमा सक्रिय सङ्क्रमित घटे, निको हुने दर ९४ प्रतिशत भन्दा बढी

काठमाडौँ,  मङ्सिर २४-

देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ४९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् ।

देशभरमा गरी आज ३३० सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

तीन जिल्लामा पाँच सय बढी सङ्क्रमित, दुई जिल्लामा शुन्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् ।

थप १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५१ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलव ६८ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५६ दशमलव पाँच छ । रासस

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.