पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौडकाे तयारी

लिगलिगकोटको थप प्रचार प्रसार गर्नका लागि साईकल टे्रल निर्माण गर्न ‘लिगलिगे साईकल दौड’ हुने भएको छ । लिगलिग भिलेज स्पोटर्सले नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५५ किलोमिटर साईकल दौड हुन लागेको हो ।

‘दौडको मिति तय गर्न बाँकी छ, अहिले हामीले साईकल दौडका लागि टे्रलको ब्यवस्थापन गरिरहेका छौँ’, आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जिव राना मगरले भने ‘अहिले विज्ञहरुले टे्रलको भिजिट गरिरहनुभएको छ ।’ खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । टुरिजम बोर्डले १० लाख, पालुङटार नगरपालिकाले पाँच लाख सहयोग गरेका छन् भने बाँकी १५ लाग्न जुटाउन बाँकी रहेको उनले बताए ।

लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापा गाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको राईनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट तालपोखरी, ठाँटीपोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ ।

‘अध्ययन गरिरहेकाले रुट केही तलमाथि हुन सक्छ’ अध्यक्ष राना मगरले भने । नेपाल साईकल यसोशियसनका पदाधिकारीले अहिले ‘रेस’ हुने बाटोको अध्ययन गरिरहेका छन् । साईकल दौडाउन असजिलो हुने ठाउँमा मर्मत गर्ने तयारी गरिएको छ ।

दुईदिन सम्म आयोजना गर्न लागिएको साईकल दौडमा लिगलिगकोटदेखि दुई किलोमिटर डाउन हिल प्रतियोगिता पनि आयोजना गरिनेछ । ‘पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौड राखिएको हो’, लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भने, ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्षभरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने चाहना हो ।’ प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी ट्रेल पहिचान गरिने उनले बताए ।

चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने नगरप्रमुख दिपकबाबु कँडेलले बताए । नेपालमा प्रख्यात र ब्यवशायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले पालुङटारको प्रचारसँगै दीर्घकालीन रुपमा स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने उनले बताए । अहिले लिगलिगकोटमा दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

शहरी क्षेत्रमा साईकल रेसलाई शरीरिक तन्दुरुस्तीको माध्यमको रुपमा लिने गरिएकाले उक्त टे्रलले रेस गर्ने चाहना भएकालाई आकर्षित गर्न सक्ने स्थानीय बताउँछन् ।
साईकल रेसमा आएका पाहुनालाई राख्न लिगलिगकोमा होमस्टे पनि सुरु भएको छ । आन्तरिक पर्यटकले दुईदिन त्यहाँ बिताउँदा पनि स्थानीयको जीवनस्तर वृद्धिमा ठुलो प्रभाव पार्ने अपेक्षा जनप्रतिनिधिहरुको पनि छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.