गोरखा सदरमुकाम र वरपरका दृष्यहरुलाई अबलोकन गर्न मिल्ने गरी पहिलो पटक भ्यू टावर निर्माण

गोरखा सदरमुकाममा पहिलो पटक भ्यू टावर निर्माण सम्पन्न भएको छ । गोरखा सदरमुकाम र वरपरका दृष्यहरुलाई अबलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण सम्पन्न भएको हो । गोरखा नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ स्थित चिल्ड्रेनपार्क हाता भित्र निर्माण भएको २ तले भ्यू टावर उपभोत्ता समिति मार्फत निर्माण गरेको हो ।

पर्यटक पुर्वाधार भ्यू टावर उपभोत्ता समिति मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको उत्त टावरका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपभोत्ता समितीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘चिल्ड्रेन र्पाकमा जिल्ला भित्र र बाहिरबाट आउने पर्यटकलाई गोरखा बजार तथा वरपरका हिमालको अबलोकन गर्न सहज होस भन्ने उद्वेश्यका साथ निर्माण गरिएको हो । अध्यक्ष श्रेष्ठ भन्नुभयो । टावर निर्माणका क्रममा समिती मार्फत २ लाख ५० हजार बरावरको श्रमदान गरिएको उहाँको भनाई छ ।

स्थानियहरुको सहभागीता निर्माण भएको गोरखामा यो नै पहिलो भ्यू टावर हो । नगरपालिकाले ५ तले टावर निर्माणका लागि काम सुरु गरेको भएता पनि पहिलो चरणमा २ तले बनाईएको र बाँकी ३ तलाको लागि बजेट बिनियोजन हुन बाँकी रहेको गोरखा नगरपालिकाका ईन्जिनीयर प्रकाश ढकालले जानकारी दिनुभयो। ‘‘लक्ष्य हाम्रो ५ तले हो । तर यो बिषयमा तिहार पछी हुने नगरपालिकाको बैठकले निर्णय हुने लिने भएका कारण अहिले केही भन्न सकिएन’ ईन्जिनीयर ढकालले भन्नुभयो।

गोरखा नगरपालिकाले यस पटक चिल्ड्रेन पार्कमा निर्माण समपन्न भएको टावरमा तला थप गर्ने र कुहीरे भिरमा निर्माणाधिन भ्यू टावरका लागि भनेर यो बर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुई वटा मध्ये कुनलाई कती भनेर चाही रकम छुट्टाएको छैन । दुवै भ्यू टावरलाई तिहार पछि हुने बैठकमा मात्र आवश्यताको आधारमा बजेट बिनियोजन गरिने कार्यालयले जनाएको छ ।

चिल्ड्रेन पार्क भित्र निर्माण भएको टावरको फाउन्डेसन भने ५ तलाको लागि उठाउन मिल्ने गरी काम सम्पन्न भएको हो । टावरको काम उपभोत्ता मार्फत चितवनको रिभेस ईन्जिनियरीङ एण्ड म्यानीफ्याक्चरीङ प्रालिले निर्माण गरेको हो । उत्त कम्पनीले टावरमा १२ हजार ५०० केजी फलाम प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ । – गण्डकी परिबेशबाट

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.