सुरक्षालाई मध्यनजर गर्दै मानुङकोटमा प्रहरी चौकी राख्ने तयारी

तनहुँ

पर्यटकीयस्थलको रुपमा परिचित हुदै गएको तनहुँको व्यासनगर–पालिका–५ स्थित मानुङकोटमा प्रहरी चौकी राख्ने तयारी भैरहेको छ । पछिल्लो समय पर्यटकहरुको चहलपहल बढ्दै जानथालेपछि सुरक्षालाई मध्यनजर गरी अस्थायी प्रहरी चौकी राख्नको लागि प्रक्रिया अघि बढाइएको हो । मानुङकोटमा घुम्न आउने पर्यटकहरुको सुरक्षालाई मध्यनजर गर्दै मानुङकोट डाँडामा प्रहरी चौकी राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । प्रहरीलाई दैनिक आवत जावत गर्न पनि समस्या उत्तिकै भएको छ । उनले भने ‘सोही स्थानमा प्रहरी चौकी रहेको खण्डमा कुनै घट्ना घटि हाल्यो भने तत्काल उद्दार गर्न सजिलो हुने र घट्ना पश्चात फरार हुने कार्यलाई न्यूनिकरण गर्न सकिन्छ ।’उक्त स्थानमा प्रहरी चौकीको आवश्यक देखिएकोले गण्डकी प्रदेश प्रहरी कार्यालयमा माग गरिएको छ । उनले भने ‘प्रदेश प्रहरी कार्यालयबाट स्वीकृति भएर आयो भने अस्थायी प्रहरी चौकी स्थापना गरिनेछ ।’ स्थायी प्रहरी चौकी राख्नको लागि गृहमन्त्रालयबाट स्वीकृति हुनुपर्ने भएकोले तत्कालको लागि अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको उनले बताए । यसरी स्वीकृति भएर आएपछि प्रहरी बस्ने भौतिक संरचनाको लागि भने संम्बन्धित निकायले व्यवस्था मिलाउनु पर्ने हुन्छ । दमौलीको चापाघाट देखि करिब ६ किलोमिटर दुरीमा रहेको मानुङकोट समुन्द्री सतहदेखि करिब १२ सय मीटर उचाईमा अवस्थित रहेको छ । उक्त स्थानमा सार्वजनिक शौचालय र खानेपानीको समस्या रहेकोले व्यासनगरपालिका कार्यालयले रु.तीस लाख बजेट बिनियोजन गरेको छ । खानेपानीको लागि रु.२५ लाख,र खानेपानी व्यवस्थाको लागि रु.पाँच लाख गरी कूल रु.तीस लाख बजेट बिनियोजन गरेको हो । पछिल्लो समयमा मानुङकोटमा आन्तरीक पर्यटकहरुको आगमनमा बृद्धि हुदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकोले तत्काल व्यवस्थापन गर्न उक्त रकम बिनियोजन गरिएको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण लगायतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्नको लागि विभिन्न संघसंस्थासंग साझेदारीका लागि प्रस्ताव आव्हान गर्न लागेको छ । मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गर्ने,खानेपानी बिस्तृत परियोजना निर्माण गरिनेछ । उहाँले भन्नुभयो ‘मानुङकोटमा दैनिक तीन सय मात्र पर्यटकलाई दृश्यवलोकनको लागि प्रवेश व्यवस्था मिलाइएको छ ।’ त्यसैगरी,कार्तिक २५ गतेदेखि मानुङकोटमा जाने पर्यटकको अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य सुरक्षा संम्बन्धि मापदण्डको पुर्ण रुपमा पालना गराएर मात्रै मानुङकोट प्रवेश गराउन थालेको छ । केहि दिन अघि मानुङकोट घुम्न आएका आन्तरिक पर्यटक मध्ये एक जना सुतिरहेको अवस्थामा र एक जना माइक्रो बस दुर्घटना परी मृत्यु भएपछि सुरक्षा व्यवस्थालाई कडाई गर्न लागिएको हो । उक्त स्थानमा सुरक्षाका दृष्टिले प्रहरी चौकी आवश्यक देखिएकोले प्रशासन कार्यालयबाट सिफारिस गरी संम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.