जन्मदिनकाे खर्चबाट गाइसँग रमाउँदै जाेशी

 

तनहुँ संवाददाता

दमौली , १३ मंसिर ।

मानिसहरूले जन्मदिनका अवसरमा कैयाैं फजुल खर्च गरिरहेका हुन्छन । त्यस्तै केही मानिसहरूले भने उदाहरणीय काम गरिरहेका हुन्छन् । तनहुँकी एक महिलाले जन्मदिनकाे खर्च कटाएर गाइलाइ खाना खुवाइ जन्मदिन मनाउनुभएकाे छ।

यसरी उदाहरणीय रूपमा जन्मदिन मनाउने महिला हुन  एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशी । उहाँले  तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रका गाईसँग गएर जन्मदिन मनाउनुभएकाे छ। उहाँले जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई शनिबार दाना खुवाउँदै जन्मदिन मनाउनुभयो । जमुना जस्तै केन्द्रमा पुगेर गाईलाई दाना खुवाएर मनाउनेहरु बढेपछि गाईको पालनपोषणमा मद्धत पुगेको छ । पहिला महिनामा एक जना आउने गरेकोमा हाल दुई देखि तीन जना आउन थालेको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

सामाजिक काम प्रति इच्छा भएको र गाई भगवानको रुप भएकोले जन्मदिन मनाउन संरक्षण केन्द्रमा आएको जानाकारी जमुनाले दिनुभयो । क्लबका टोली सहित ४ बोरा दाना र एक बोरा नुन बोकेर पुग्नु भएकी जोशी गाईसँग जन्मदिन मनाउन पाउँदा आनन्दित हुनु भएको थियो । ‘ बेलैमा ध्यान नदिने हो भने रैथाने गाई लोप भएर जाने अवस्था छ समाजमा सकरात्मक सन्देश पनि जाने भएकोले गाईको साथमा जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ’ जमुनाले भन्नुभयो ।

। फजुल खर्च गर्नु भन्दा गाईलाई दाना खुवाउन उचित लागेर आफ्नो छोराको जन्मदिन केन्द्रमा गएर मनाएको लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले बताउनुभयो । केही दिन पहिला गाईसँग छोराको जन्मदिन मनाउनु भएका गायक ढुङ्गाना केन्द्रमा पुग्नु भएको थियो । छोरा खुसी भएकाले आगामी वर्ष पनि त्यसरी मनाउने सोचाई रहेको जानकारी दिनुभयो । ‘धर्म, सस्कृति प्रति रुचि बढ्नुका साथै समाजिक भावाना विकास गर्न मद्धत पु¥याउन गौमातालाई दाना, घाँस खुवाएर मनाएको हुँ ’ गायक ढुङ्गानाले भन्नुभयो ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भईरहेको र जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउने गरेकोले केही राहत मिलेको गौमाता केन्द्रका अध्यक्ष प सापकोटाले जानकारी दिनुभयो । यो वर्ष जन्मदिन मनाउनेहरुबाट ४५ बोरा दाना र पाँच बोरा नुन प्राप्त भएको उहाँले बताउनुभयो । सापकोटका अनुसार हाल सुख्यायाम भएकोले घाँसको अभावले पाल्न कठिन भएको छ ।

‘ खर्च अभावले जति गाईको सम्भार गर्नु पर्ने हो त्यही गर्न सकिएको छैन ’ सापकोटाले भन्नुभयो । गत वर्ष व्यास नगरपालिकाले पराल खरीद गर्नको लागि दुई लाख रुपियाँ दिएको र यस वर्ष एक लाख रुपियाँ प्राप्त भईसकेको जानकारी उहाँले दिनुभयो । ‘राम्रोसँग खुवाउने हो भने दैनिक २० भारी पराल चाहिन्छ दाना र घाँस समेत गरेर वार्षिक रुपमा २० लाख खर्च हुन्छ ’अध्यक्ष सापकोटाले भन्नुभयो । दुई वर्ष अघि उक्त स्थानमा केन्द्र सञ्चालनमा ल्याईएको हो ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ५ लाख रुपियाँको आर्थिक सहयोगमा गाईको आवासको लागि टहरो निर्माण गरिएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँ सहयोग गरेको तारबार गरिएको वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । केन्द्रमा हाल ४५ वटा गाई रहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.