Trending

चितवनबाट एकजना बिप्लब कार्यकर्ता पक्राउ

चितवन, मंसिर ९-

चितवनबाट  नेकपा विप्लव समूहका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा विप्लव समूहको संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका–११ बस्ने प्रकाशचन्द्र ढकाललाई गत आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।

गत मंसिर ७ गते विशेष सूचनाको आधारमा जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिप्रका चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । प्रक्राउ परेका ढकालको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, ‘सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं’ लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताब तथा दस्ताबेजसमेत बरामद गरेको पवक्ता थापाले बताए । उनलाई जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button