गाेरखामा चीनद्वारा सिमा मिचिएकाे छैन : साँसद अधिकारी

मङ्सिर ५, गाेरखा ।

चीनकाे स्वसाशित क्षेत्र तिब्बतकाे सिमाना जाेडिएकाे गाेरखा जिल्लामा ३४ देखि ३९ नम्बरका ६ वटा पिलरहरु रहेका छन् । जङ्गे पिलरहरुले गाडिएकाे समयदेखि ठाउँ छाडेका छैनन् ।

दक्षिणी नाकामा राती सुत्दा नेपालमा र विहान उठ्दा भारतमा हुने अवस्था भएझै  गाेरखाकाे सिमानामा त्यस्ताे अवस्था नरहेकाे स्थानीयहरु बताउँछन् ।

सिमा क्षेत्र नजिककाे गाउँमा भेटिएका निमा लामा आफू १२ वर्ष  हुँदा अघिदेखि जङ्गे पिलर हुँदै तिब्बत जाने गरेकाे र आज आफू ६० वर्ष हुँदा पनि पिलर त्यहीँ देखेकाे बताउँछन् ।

सिमाकाे बारेमा स्थलगत अनुगमनका लागि गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारी सिमा छेउ पुगेर फर्कीएका थिए । उनका अनुसार सिमा मिचिएकाे कुरा सत्य हाेइन । सम्झाैता अनुसार जहाँ पिलर गाडिएकाे थियाे त्यहाँ छ, गाेरखामा चीनले सिमा मिच्याे भन्ने कुरा झूठाे हाे । रुइ गाउँ बेशी र साम्दाे गाउँ बनाएर यहाँका नागरिकहरु बस्दै आएका थिए । सिमा निर्धारण नहुँदा सम्म भन्सार समेत कहिले तिब्बतले चलायाे त कहिले गाेरखा । नागरिकहरुले आधा कर तिब्बतमा आधा कर गाेरखामा तिरेका रेकर्ड समेत छन् । २०४१ सालमा साम्दाेका १२ घर परिवार रुइ गाउँतिर गएका रहेछन् उनले भने ।

साँसद हरीराज अधिकारीलाइ खादाद्वारा सम्मान गर्दै स्थानीय नागरिक । तस्वीर राजेन्द्र न्याैपाने

भिडियाे हेर्न लिङ्क क्लिक गर्नुहाेस् ।

नेपाल र चीनबीच सन् १९६० मार्च २१ मा भएको सीमा सम्झौताअनुसार संयुक्त सीमा समितिको गठन भई सन् १९६१ अक्टोबर ५ (२०१८ असोज १९) मा नेपाल र चीन बीच सीमा सन्धिमा हस्ताक्षर भएको थियो । तत्कालिन समयमा राजा महेन्द्र र गणतन्त्र  चीन तर्फबाट लिउ साओ ती ले हस्ताक्षर गरेका थिए ।

अतिक्रमणकाे चपेटामा लिम्पियाधुरा र लिपुलेक पुस्तक पेज ३१४ । लेखक रतन भण्डारी

सिमाविद् रतन भण्डारीका अनुसार, सन् १९६१–६२ बीच नेपाल र चीनले संयुक्तरूपमा स्थलगत सीमांकन सम्पन्न गरेका थिए । नेपाल चीन सीमांकनका बेला टिंकर, मुस्तांग, लांगटांग, रालमु, नारा भंन्ज्यांग, थुदाम, लिमि, यांगरा हिमाल, किमाथांका क्षेत्रलगायत ३२ स्थानमा देखिएको विवाद दुबै देशले आपसी समझदारी र पंचशील सिद्धान्तअनुसार २ वर्ष ९ महीनामा टुंग्याइएका थिए ।

यसरी विवाद मिलाउने क्रममा दुवै देशले जमीन सट्टापट्टा गरेका थिए । सो क्रममा केही नेपाली गाउँ चीनतिर र केही चिनियाँ गाउँ नेपालतिर परेका थिए । त्यसरी गाउँ साटासाट हुँदा दुबै देशतिर परेका एक अर्को देशका नागरिकलाई नागरिकता दिने सम्बन्धमा १९६२ अगष्ट १४ (वि.सं. २०१९ साउन ३०) गते सम्झौता भएको थियो । सो क्रममा नेपाल र चीनले केही भूमि साटासाट गरेका थिए ।

नागरिकता सम्झौताअनुसार एक पक्षबाट अर्को पक्षलाई सुम्पने ठाउँका बासिन्दाहरुले ती इलाका सुपर्दगीपछि जुन देशमा पर्दछन् त्यस देशका नागरिक मानिने सहमति भएको थियो । ती इलाकाका कुनै पनि बासिन्दा जो ती इलाका पर्ने देशको नागरिक हुन चाहँदैनन् तिनीहरुले सम्झौता भएको एक वर्षभित्र आफनो साबिकको नागरिकता कायम राख्न सक्ने वा अर्को देशमा बसाइ सर्न सक्नेछन भनिएको थियो । नागरिकता रोज्ने अधिकार ती बासिन्दाले सम्बन्धित देशका स्थानीय अधिकारी सामु आफै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको थियो । नेपाल र चीनबीच सीमा व्यवस्थापन, सीमास्तम्भ मर्मतसम्भारका लागि सन १९६३, १९७९ र १९८८ मा सीमा प्रोटोकल नवीकरण भएको थियो ।

नेपाल र चीनबीच भएको आपसी सहमतिअनुसार चिनिया भूभाग नेपालतिर र नेपाली भूमि चीनतिर परेको विवरण निम्नानुसार छः
नेपाल–चीनबीच सीमाकंनका क्रममा सट्टा–पट्टामा परेको भूभाग
नेपालबाट चीनतर्फ गएको जमीन
जिल्लाको नाम (क्षेत्रफल वर्ग कि.मी.)
दार्चुला ४८.५०
बझाङ १४०.००
हुम्ला २८७.५०
मुगु ३५६.००
डोल्पा १९९.७५
मुस्ताङ १०८.००
मनाङ –
गोरखा २८०.५०
धादिङ ३६.२५
रसुवा १४३.५०
सिन्धुपाल्चोक ३२.००
दोलखा २८.२५
सोलुखुम्बु ९२.२५
सङ्खुवासभा ६७.५०
ताप्लेजुङ १६.२५  (जम्मा क्षेत्रफल : १८३६.२५ वर्ग किलाेमिटर)
चीनबाट नेपालतर्फ आएको जमीन
जिल्लाको नाम (क्षेत्रफल–वर्ग कि.मी.)
दार्चुला –
बझाङ –
हुम्ला ८६०.००
मुगु –
डोल्पा १९२.५०
मुस्ताङ ३५२.५०
मनाङ १६४.००
गोरखा ५६.२५
धादिङ –
रसुवा ७६.००
सिन्धुपाल्चोक –
दोलखा १०४.२५
सोलुखुम्बु ४४.७५
सङ्खुवासभा ६८.००
ताप्लेजुङ २२०.७५    (जम्मा क्षेत्रफल : २१३९ वर्ग किलाेमिटर)   स्राेत : लिम्पियाधुरा र लिपुलेक -रतन भण्डारी

गाेरखामा सिमा रेखा खाेलाबाट डाँडामा कसरी सर्न पुग्याे ?

नेपाली सरकारी अधिकार र चिनियाँ सरकारी अधिकारी वीच छलफल भइ सिमा स्तम्भ रुइ गाउँ भन्दा तल रहेकाे खाेलामा गाड्ने तयारी स्वरुप बालुवा, सिमेन्ट र गिटी तयारी गरेर खाल्डाे समेत खनिएकाे थियाे । यीङ गाउँमा भेँडीगाेठ भएका हावा बाजे भनेर चिनिने तत्कालिन अवस्थामा ८० वर्षिय वृद्धले गाउँका बुढा मानिसकाे कुरा नसुनी काम गर्न हुँदैन भन्दै सिमाना डाँडामा राख्नु पर्ने अडान लिए । वृद्धकाे अडान अनुसार  नेपाल तिर पानी बग्ने भाग नेपाल र तीब्बत तिर पानी बग्ने भाग तिब्बत कायम गर्दै रुइला भन्ने डाँडामा जङ्गे पिलर गाडियाे । १९ किलाेमिटर तलबाट गाउँलेहरु बालुवा सिमेन्ट बाेकेर ल्याउनु परेकाे स्थानीय  उर्गेन छुल्देल लामाकाे भनाइ छ । रुइ गाउँमा बस्नेहरु पनि हाम्रै दाजूभाइ खलक हुन आउजाउ भैरहन्छ । अहिले काेराेनाका कारण जान पाएकाे छैन, उनले भने ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

मनासलु डक कम बाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.