विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड ५३ लाख ३९ हजारभन्दा धेरै भएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार तीन सयसहित १३ लाख ३१ हजार सात सयभन्दा धेरैले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण भएकामध्ये तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

झण्डै एक वर्षअघि चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा अहिले विश्वका दुई सय १७ देशमा पुगिसकेको छ । नौ वटा देशले भने सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोनामुक्त भएका छन् । भाइरस सुरु भएको चीनमा पनि अहिले तीन सय ७४ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणको पहिलो लहर ठिक नहुँदै दोस्रो लहरको सङ्क्रमण फैलिएपछि युरोपलगायतका देश फेरि समस्यामा पर्न थालेका छन् । सङ्क्रमण बढेपछि युरोपेली देशमा फेरि लकडाउन तथा विभिन्न किसिमका प्रतिबन्ध सुरु गरिएका छन् । बेलायत, इटली, फ्रान्सलगायतका देशले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यु नै जारी गरेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.