Trending

श्रीमानसँग मिलेर फिल्म बनाउँदै आँचल, नायकमा पल शाह

नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि पनि जम्ने संकेत देखाएकी छिन् । उनी नायिका मात्र नभइ अब निर्मात्री बन्ने तयारी गरेकी छन ।

विबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने वातावरण नभए पनि म्यूजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी खबर बाहिरिएको छ ।

जसको निर्देशक निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशेष बनाउने तयारीमा आँचल र उदिप रहेका छन् ।बिवाहको केहि समयपछि आँचलले मेरो परिवारले फिल्म बनाए नायकमा पल शाह ने हुने बताएकी थिइन् । यो बिषयले निकै चर्चा पनि पाएको थियो ।

तरपनि कुनै समय निकै जमेको पल र आँचलको जोडी बिवाहपछि भने कुनै भिडियोमा पनि सँगै देखिएका छैनन् । तर अब उनको फिल्ममा नायकमा पल शाह नै होलान या अरू कोही हुनेछ त्यो भने हेर्न बाँकि नै छ ।

Back to top button