Trending

२६ बर्षीय किसाेरीमाथी एसिड प्रहार

एसिड प्रहार गर्नेको खोजी

जनकपुरधाम, कार्तिक २९-

जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान करिब साढे ९ बजे एक युवकले एसिड प्रहार गरेका हुन् ।

उनलाई अहिले जनकपुरको जानकी हेल्थ केयरमा भर्ना गरिएको छ । एसिड प्रहारका कारण उनकाे मुहार र छातीको भाग जलेको छ ।

धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला एसिड प्रहार भएको स्थानीयले बताएका छन् ।

Back to top button