Trending

गाेरखामा नेपाल टेलिकमले ‘फाईबर टु होम’ प्रबिधि सञ्चालनमा ल्याउने

गोरखा बजारका ४ हजार भन्दा बढी ग्राहकलाई नेपाल टेलिकमले फागुन सम्ममा ‘फाईबर टु होम’ प्रबिधिमा जोडने भएको छ । फाईबर नेटवर्कको एफटिटीच कार्यक्रम मार्फत गोरखा बजारका ४ हजार भन्दा बढी ग्राहकलाई ईन्टरनेट सहित फोन र टिभीको च्यानल बितरण गर्न लागेको टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । । ‘हामीले एफटिटीच अर्थात फाईबर टु होम प्रोग्राम मार्फत पहिलो चरणमा सदरमुकामका ४ हजार बढी ग्राहकलाई सेवा दिन लागेका छौ ’ प्रमुख श्रेष्ठले भन्नुभयो । गोरखा जिल्लामा यस अघि अहिलेसम्म फाईबर नेटवर्क छैन ।

त्यसैले तिहार लगत्तै फाईबर हालेर ग्राहकहरुलाई सोही फाईबर मार्फत इन्टरनेट र फोन सेवा दिने र टेलिभिजन भने केही समय लाग्ने श्रेष्ठको भनाई छ । सदरमुकामको ५ स्थानमा रहेको क्याबिनेटमा टेलिकम कार्यालयदेखि फाईबर लिंक गराउनका लागि तिहार लगत्तै काम सुरु गर्ने कार्यालयले जनाएको छ । सदरमुकाममा चार महिना भित्र काम सक्ने र ग्राहकलाई फाईबरमा जोड्न नक्सा आई सकेको बताउनुहुदै कार्यालयल प्रमुख श्रेष्ठले गोरखामा रहेका कर्मचारीहरुले मात्र काम गर्न नसकेको खण्डमा बाहिरबाट पनि कर्मचारी झिकाएर काम चाँडै गराउने पक्षमा आफु रहेको जानकारी दिए ।

कार्यालयले दिएको रेकर्ड अनुसार गोरखा हस्पिटल चोक, तिनधारे र धारापानी चोकमा प्रत्येक क्याबिनेटमा ५१२ जनाका दरले १ हजार ५३६ जना र हरमटारी चोक, आयुवेद चोक, गोरखा बजार ,शत्तिचोक मा रहेको क्याबिनेटबाट १ हजार २४ जनाका दरले गरी ३ हजार ७२ गरी कुल ४ हजार ६०८ जनाले यो सेवा लिन सक्ने छ । ग्राहकलाई यो सेवा दिनकालागि नेपाल टेलिकम मार्फत जिल्लाको लागि सबै सामाग्री आउनेछ । यो सेवा बाट ईन्टरनेट चलाउन सजिलो हुने छ ।

थोरैमा ८ एमबिपीएस सेवा र धेरैमा ५० एमबिपीएस सम्म सेवा दिन सकिने कार्यालयले जनाएको छ । यो सेवा लिने ग्राहकले अहिले पनि नेपाल टेलिकमको फोन सेवा लिएको हुनुपर्ने छ । नियमित फोन सेवा लिएका ग्राहकलाई कुनै पनि शुल्क नलिईकनै राउटर र फाईबर तार पाउने छन् भने नयाँ ग्राहकहरुले जडान शुल्क, फाईबर तार र राउटरको शुल्क भुक्तानी गर्नुपर्ने छ । गोरखा बजारमा यो काम सकिए लगत्तै पालुङटारमा काम सुरु हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । त्यसपछि भने जिल्लाको लक्ष्मिबजार, छेवेटार र आरुघाट बजारमा पनि यो प्रबिधिको बिस्तार गर्ने काम सुरु गरिने कार्यालयले जनाएको छ ।

छिटाे काम गर्नका लागि आफू १२ बजेदेखि स्थलगत अध्ययनका लागि जाने गरेकाे टेलिकम प्रमुख श्रेष्ठले बताए ।

 

Back to top button