चितुवा प्रभावित क्षेत्र तनहुँको भानुमा चितुवा गणनाका लागि क्यामरा जडान

डिभिजन वन कार्यालय तनहुँले चितुवा प्रभावित क्षेत्र तनहुँको भानु नगरपालिकामा क्यामरा जडान शुरु गरेको छ । नगरपालिकाको विभिन्न सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको हो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ। भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु– ४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई÷दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । ‘चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ’, बरालले भने, ‘१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।’ पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए । बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । ‘चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ’, बरालले बताए। क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन्। बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्विर क्यामरामा कैद हुनेछ । चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको संख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्ने बताइएको छ । यस अवधिमा चितुवाको ताजा दिसा संकलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी डिभिजन वन कार्यालयले गरेको छ । क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतंकबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताए । वन्यजन्तुको वासस्थान, खानपिन, विचरण लगायतका क्षेत्र मानिसले खलबलाउने कार्य बढ्दै गएकाले पछिल्लो समय तनहुँमा मानव र वन्यजन्तु बीच द्वन्द्व बढेको छ । द्वन्द्वका कारण ठूलो मात्रमा जनधनको क्षति समेत भएको छ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.