काेराेनाकाे समेत ख्याल नगरी मानहुँकाेट जान थाले पर्यटक, के छ रहस्य ?

काठमाडौं : तनहुँको व्यास नगरपालिका ५ स्थित मानहुँकोट अहिले राष्ट्रियस्तरमा चर्चामा छ । कोरोनाको महामारीबीच दैनिक एक हजारभन्दा धेरै आन्तरिक पर्यटक मानहुँकोट पुग्न थालेपछि यो स्थानले राष्ट्रिय स्तरमा चर्चा पाएको हो ।

कोरोनाको प्रवाहसमेत नगरी दैनिक हजारौं आन्तरिक पर्यटक आउन थालेपछि नगरपालिकाले दैनिक तीन सय पर्यटकलाई मात्रै मानहुँकोट जान दिने व्यवस्था मिलाएको छ । जग्गा किनबेच उच्च भएपछि स्थानीय सरकारले त्यसको किनबेचमा रोक लगाएको छ । कोरोनाको संक्रमणका कारण पर्यटन व्यसाय थलिएका बेला मानहुँकोट कसरी अपवाद हुन पुग्यो ? के छ मानहुँकोटमा जसका कारण पर्यटकको भिड लाग्यो ?

सुन्दरता र मनोरम दृश्य नै मानहुँकोट आकर्षणको केन्द्र भएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने बताउँछन् । मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने तीन वर्षदेखिको नगरपालिकाको प्रयास अहिले सफल भएको मेयर न्यौपानेको भनाइ छ ।

“यदुनाथ खनालजस्ता नेपालकै विद्वान् जन्मिएको ठाउँ हो यो । समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको यो क्षेत्र व्यास नगरपालिकाको शिरमा पर्छ । दमौलीमा घाम छेक्ने डाँडो नै यही हो,” व्यास नगरपालिकाका मेयर न्यौपाने  भन्छन्, “मानहुँकोटबाट सूर्योदयको दृश्य साह्रै राम्रो देखिन्छ । तर, यो दृश्य बर्खामा देखिँदैन हिउँदमा मात्रै देखिन्छ ।

पराशर ऋषिले मक्षकन्यासँग सम्बन्ध राख्दा मानहुँकोटमा कुहिरो लगाएका भन्ने किम्वन्दती छ । यहाँ ह्वाइट लेककै रुपमा कुहिरो देखिन्छ, यो यहाँको पहिलो आकर्षण हो । सूर्योदय हुँदा सूर्यको रातो प्रकाश ह्वाइट लेक र जमिनमा पर्दा पूरै रातो देखिन्छ । यो दृश्य देख्दा जोकोही मोहित हुन्छ ।”

रातको समयमा मानहुँकोटबाट दमौली बजारको चमकधमक देखिने यो ठाउँबाट हिमामलका धेरै रेन्ज देखिने नगरप्रमुख न्यौपाने बताउँछन् । मानहुँकोटबाट मनास्लु, माछापुछ्रे, अन्नपूर्ण हिमाल देखिने उनको भनाइ छ । नगरपालिकाले पूर्वाधार निर्माण गरिरहेका बेला मानहुँकोट ‘भाइरल’ बनेको र युवा जमातको गन्तव्य बनेको न्यौपानेले बताए ।

मगरबस्तीका रुपमा रहेको मानहुँकोटमा सुरुका वर्षमा ७०-८० घर रहेकोमा अहिले ७ घर मात्रै बाँकी छन् । तर, पर्यटकीय गन्तव्यका रुपमा चौतर्फी प्रचार भएपछि अहिले उक्त ठाउँमा जग्गा किनबेच र अस्वाभाविक रुपमा बढेपछि नगरपालिकाले जग्गाको खरिद-बिक्रीमा रोक लगाउनुपरेको छ । “दुई वर्ष अगाडि २० हजार प्रतिआनामा किनबेच हुने जग्गा अहिले चार लाख रुपैयाँ प्रतिआनामा हिजो बैना भएको सुनेको छु,” मेयर न्यौपाने भन्छन्, “दमौली बजारका व्यापारी, उद्योगी, व्यवसायी तथा जनप्रतिनिधि र कर्मचारीले मानहुँको जग्गा किनेर करिब करिब त्यहाँको जग्गा उठिसकेको अवस्था छ ।”

नगरपालिकाले विकासको मास्टर प्लान (गुरुयोजना) बनाउन दुई महिनाका लागि जग्गा किनबेचमा रोक लगाएको छ । आना आनामा जग्गा कित्ताकाट हुँदा विकासको योजना बनाउन कठिन हुने भएकाले जग्गा खरिद-बिक्रीमा रोक लगाउनु परेको नगर प्रमुखको स्पष्टोक्ति छ ।

दुई महिनामा पूर्वाधार निर्माण गरिसक्ने योजना बनाएको बताउँदै नगर प्रमुख न्यौपाने भन्छन्, “सडक पिच हुँदै छ । शौचालय बनाउँदै छौं । ३७ लाख रुपैयाँमा भ्यु टावर बन्दै छ । खानेपानीको व्यवस्था गर्दै छौं, सिँढी बनाउँछौं । सार्वजनिक जग्गा एकीकृत गरेर छुट्याउँछौं । कम्तीमा तीन-चारवटा ट्रस बनाउँछौं ।” यसका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

पानी अभावमा मानहुँकोटका बासिन्दा उक्त ठाउँबाट बसाइ सर्नुपरेको बताइन्छ । मानहुँकोटका बासिन्दाले खानेपानी संकलन गरेर पोखरीमा जम्मा भएको पानी खाने गरेका थिए । मानहुँकोट व्यास नगरपालिकाको कार्यालयबाट ७ किलोमिटर टाढा छ भने पृथ्वी राजमार्गको चापाघाटबाट ६ किलोमिटर दूरीमा छ ।

अहिलेकै अवस्था रहे स्वदेशी तथा विदेशी पर्यटकको केन्द्र रहेको बन्दीपुरलाई पनि मानहुँकोटले पछि पार्ने अवस्था देखिएको मेयर न्यौपाने बताउँछन् । बन्दीपुरका व्यवसायी पनि मानहुँकोटमा जग्गा किन्न आउन थालेको उनले जानकारी दिए ।

तीन वर्षयता लगातार व्यास नगरपालिकाले ४३ किलोमिटर म्याराथन दौड पनि गराउँदै आएको छ । त्यहीँबाट आन्तरिक पर्यटन गन्तव्यका रुपमा परिचित हुँन थालेको मानहुँकोटमा अहिले थेग्नै नसक्ने संख्यामा पर्यटक आउन थालेपछि दैनिक तीन सयलाई मात्रै अनुमति दिनुपर्ने अवस्था बनेको छ ।

कोरोनाको जोखिम अन्त्य भएर पूर्वाधार निर्माण भएपछि उक्त संख्यामा वृद्धि गरिने नगरपालिकाको योजना छ । पर्याप्त पूर्वाधार बनाएर व्यवस्थित गर्न सके मानहुँकोट जिल्लाकै प्रमुख गन्तव्य र राजस्व संकलनको केन्द्र बन्न सक्ने नगर प्रमुख न्यौपानेको विश्वास छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.