पूर्वी पहाडमा बढ्दैछ फुटसल ‘क्रेज’

इलाम : फिक्कलका होटल व्यवसायी केशव प्रधान आजकाल बिहान दैनिक फुटसल मैदानमा भेटिन्छन्। उनीजस्ता ३० वर्ष उमेर कटेकाहरुको बिहानी समय आजकाल फुटसल मैदान नै हो।

भौगोलिक रुपमा विकट भए पनि पूर्वी पहाडी जिल्ला इलाममा पछिल्लो समय फुटसलको क्रेज दिन प्रतिदिन बढ्दो क्रममा छ। जिल्लाका मुख्य बजारमा फुटसल मैदान निर्माण भएपछि अहिले बालबालिकादेखि युवा पुस्ता आकर्षित बन्दै गएका हुन्।

युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने भेट्रानहरुका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ फुटसल मैदान। फुटबलबाट चिनिएको इलामबासीले फुटसल खेललाई समेत रुचाएका छन्।

जिल्लामा हाल २ वटा फुटसल मैदान छन्। कोरोना कहरका बाबजुद पनि फुटसल खेल्नेको कमी छैन् इलाममा। नयाँ खेलको रुपमा इलाममा भित्रिएपछि फुटसल सिक्नेदेखि शारीरिक रुपमा तन्दुरुस्त रहन चाहनेको आर्कषण हुन थालेको छ।

खुला ठाउँको अभावले शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिकादेखि युवा वर्गका लागि फुटसल खेल अभ्यास उपयुक्त विकल्प बनेको हो। फुटबलको मिनी संस्करणको रुपमा चिनिएको फुटसल नेपाल प्रवेश गरेको एक दशक पनि पुगेको छैन। तर फुटसल खेल्न धाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ।

इलाममा फुटसल खेल चिनाउने रोशन राई हुन्। उनले डेढ वर्षअघि इलाम नगरपालिका–९ मा इलाम स्पोर्टस सेन्टरको नाममा पहिलो पटक फुटसल खेल संचालनमा ल्याएका थिए।

त्यस समय नौलो मान्ने इलामेहरु आजकाल कुनै विशेष समारोहमा मैत्रीपूर्ण फुटसल खेल आयोजना गर्छन्।

संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरु मैदान उत्रिए। नगर प्रमुख रणबहादुर राईको नेतृत्वको टिम निजी विद्यालयहरुको छाता संगठन प्याब्सनसँग फाइनल नै खेल्यो। नगरका जनप्रतिनिधि र कर्मचारीमा छुट्टी हुनासाथ फुटसल मैदान पुग्छन्।

‘सानो लगानीमा फुटसल हुने थिएन। त्यसैले साथीभाइलाई सल्लाह माग्दा बौलाहा भइस् कि क्या होसम्म भने।’ इलाम स्पोर्टस सेन्टरका संचालक राई भन्छन्, ‘ तर हिम्मत नहारी आफ्नो लक्ष्यमा लाग्दै इलाममा फुटसल चिनाउन सफल भएँ। यसमा एकदमै खुसी लागेको छ।’ रोशनले फुटसलसँगै अहिले कम्प्युटर गेम, चेसलाई समेत समावेश गरेका छन्।

विश्व फुटबल महासंघ फिफाले मान्यता दिएपछि फुटसलका विभिन्न प्रतियोगिता हुँदै आएका छन्। नेपालमा पनि फुटसलप्रति आकर्षण बढ्दो छ। जसका कारण देशभर ३ सयभन्दा बढी फुटसल खुलेका छन्।

फुटसलमा फुटबलमा भन्दा कम खेलाडी हुन्छन्। धेरैजसो कुरा फुटबलसँग मिल्ने यस खेललाई फुटसल मैदान र फुटसल बलबाट खेल्ने गरिन्छ, साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ।

पुरुष मात्र हैन महिलाको आकर्षण पनि फुटसल खेलमा बढ्दै छ। फिक्कलमा खुलेको फुटसलमा बिहान ८ देखि ९ बजेको समयमा महिला खेलाडीहरु प्रशिक्षण गर्दै आएका छन्। ‘फुटबल पहिलाबाटै खेल्दै आएको हो। तर फुटसल खुलेपछि हामी दैनिक बिहान बिहान सिक्न आउँछौं। निक्कै रमाइलो भइरहेको छ।’ १४ वर्षीया प्रविशा प्रधान भन्छिन्, ‘ बाबाले फुटबल खेलेर नाम कमाउनुभयो मचाहिँ फुटसल सिकेर केही गर्ने सोच छ।’

विश्व जगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गए पनि नेपालमा यो खेल भित्रिएको छोटो समयमै युवा पुस्ताबीच लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ।

कुलतमा फस्दै गरेका युवालाई खेलकुदको माध्यमबाट सही मार्गमा ल्याउन राजेश सुनुवारसँगको सहकार्यमा रुपेन गुरुङले १ करोड रुपैयाँभन्दा बढीको लागतमा फुटसल मैदान संचालनमा ल्याएका हुन्। साथै ६ रोपनी क्षेत्रफलमा ब्याडमिन्टन कोर्ट र जुम्बा क्लासको लागि भवन निर्माण कार्य धमाधम भइरहेको संचालक गुरुङ बताउँछन्।

‘फुटसल मैदानका लागि मात्रै पनि करिब ६० लाख रुपैयाँ खर्च भएको छ। ब्याडमिन्टन कोर्ट र जुम्बा क्लास पनि संचालन गर्ने भनेर धमाधम निर्माण गरिरहेका छौ,’ गुरुङले भने, ‘फिक्कलको मौसम सधैं चिसो र हुस्सुले ढाकिरहने भएकाले दैनिकजसो खुला मैदानमा फुटबल खेल्न असहज देखेपछि फुटसलमा जोखिम मोलेर लगानी गरेको हुँ।’

निकै छिटो फैलिएको र लगानी पनि एकाएक केन्द्रित भएको यो क्षेत्रले राम्रोसँग खुट्टा टेक्न नपाउँदै कोरोना महामारी र लकडाउनको धक्का बेहोर्नुपरेको छ। अहिले फुटसल संचालकहरुले चिनेजानेको बाहेकलाई मैदानमा खेल्ने अनुमति दिन सक्ने वातावरण बन्न सकेको छैन।

थाहाखबरबाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.