काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस् : मेयर शाक्य

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् ।

अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।

मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको बताए । ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले भने । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ

मेयर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको समेत बताए । सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र गरी उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने उनले बताए । जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा कम्तीमा दुई दिन ज्यालादारीमा सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास,सरसफाई तथा फोहोरमैला व्यवस्थापन लगायतका काम दिने उनले बताए । मेयर शाक्यले भने, कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ ।’

अहिले लकडाउन पनि नभएकाले सबैले समन्वय गरे समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था गर्न सकिने उनले बताए । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ काठमाडौंका मेयर शाक्यले भनेका छन् ।

अनलाइनखबर बाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.